दुबईमा काम गर्ने विदेशी कामदारले महिनाको ४ हजार दिर्हाम कमाए परिवारै लैजान पाउने

Advertisement

काठमाडौं । अब दुबईमा कार्यरत नेपालीसहित अरु विदेशी कामदारले कमाइको आधारमा परिवारलाई पनि आफूसँग राख्न पाउने भएका छन् । महिनाको चार हजार दिर्हाम कमाउने सबै विदेशी नागरिकले आफ्नो परिवार पनि लैजान पाउने नयाँ नियम लागू भएको हो ।

कम्पनीले निशुल्क बस्ने व्यवस्था मिलाएको हकमा भने मासिक तीन हजार दिर्हाम आम्दानी हुनेले पनि परिवार लैजान पाउनेछन् । पहिला दुबईमा परिवार राख्नका लागि कमाइसँगै पद हेरिन्थ्यो भने अहिले यस्तो व्यवस्था लागू भएको छ । श्रीमान/श्रीमती र १८ वर्षभन्दा कम उमेरका अविवाहित छोराछोरी लैजान पाउनेछन् । कुनै पनि विदेशी नागरिकलाई परिवारसँग बिछोड नगर्ने नीति दुबईले बनाएको छ ।

पछिल्लो समयमा दुबई आउनेहरुको लागि कामदार भिसा प्रणालीमा केही नियमहरु परिमार्जन गरिएका छन् ।

Advertisement

Advertisement

Advertisement