यूनाईटेड फाइनान्सको नाफा ७० प्रतिशतले वृद्धि

Advertisement

काठमाडौं । यूनाईटेड फाइनान्सले गत आर्थिक वर्षमा १० करोड ९४ लाख रुपियाँ नाफा आर्जन गरेको छ । अघिल्लो वर्षको तुलनामा कम्पनीले ७० दशमलव ६६ प्रतिशतले नाफा वृद्धि गरेको हो ।

अघिल्लो वर्ष यही अवधिमा खुद नाफा छ करोड ४१ लाख ४८ हजार रुपियाँ मात्र थियो । कम्पनीको खुद ब्याज आम्दानी र सञ्चालन नाफा पनि क्रमशः ३७ दशमलव २८ प्रतिशत र १२२ दशमलव ४२ प्रतिशतले वृद्धि भएको छ ।

यसको खुद ब्याज आम्दानी ३१ करोड २० लाख २३ हजार रुपियाँ रहेको छ । अघिल्लो वर्ष खुद ब्याज आम्दानी २२ करोड ७२ लाख ८५ हजार रुपियाँ थियो । यस्तै, सञ्चालन नाफा पनि छ करोड १५ लाख रुपियाँबाट बढाएर १३ करोड ६९ लाख ४१ हजार रुपियाँ पुर्याउन कम्पनी सफल भएको छ ।

युनाइटेडले यो अवधिसम्ममा छ अर्ब ५५ लाख ७५ हजार रुपियाँ निक्षेप संकलन गरी छ अर्ब आठ करोड २३ लाख १२ हजार रुपियाँ कर्जा लगानी गरेको छ । यसको खराब कर्जा ० दशमलव ६५ प्रतिशत र कस्ट अफ फन्ड ९ दशमलव ७१ प्रतिशत छ । चौथो त्रैमाससम्ममा कम्पनीको बेस रेट १२ दशमलव ६९ प्रतिशत छ ।

हाल यस फाइनान्सको चुक्ता पुँजी एक अर्ब एक करोड पाँच लाख १९ हजार रुपियाँ रहेको छ । रिजर्भ कोषमा पनि ४८ करोड २१ लाख ७२ हजार रुपैयाँ जम्मा भएको छ । युनाइटेडको प्रतिसेयर आम्दानी १० रुपियाँ ८३ पैसा र प्रतिसेयर नेटवर्थ १४७ रुपियाँ ७२ पैसा छ ।

Advertisement

Advertisement

Advertisement