सेयर बजारको सुधार टिक्न सकेन्, नेप्सेसँगै कारोबार पनि घट्यो

Advertisement

काठमाडौं । सेयर बजारमा बुधबार देखिएको सुधार बिहीबार कायम रहन सकेन् । बुधबार दोहोरो अंकले बढेको सेयर बजार परिसुचक नेप्से आज दुई दशमलव ३७ अंकले घटेर एक हजार २७२ कायम भएको छ । दिउसो करिव १ बजे एक हजार २८३ सम्म पुगेको नेप्से अन्तिममा आएर २७२ मा सीमित भएको हो ।

सेयर कारोबारमा पनि आज सामान्य गिरावट भएको छ । बुधबार ४२ करोड ६० लाख रुपियाँभन्दा बढिको कारोबार भएकोमा आज घटेर ४१ करोड १३ लाख रुपियाँको कारोबार भएको छ । आज वित्त, उत्पादनमूलक र लघुवित्त समूहका सुचकहरुमा सामान्य सुधार देखिए पनि बाँकी समूहका सुचकहरु घटेका छन् । होटल समूहको सुचक एक प्रतिशतभन्दा बढिले घटेको छ ।

आज छिमेकी लघुवित्त वित्तीय संस्थाको संस्थापक सेयर पाँच करोड १७ लाख रुपियाँको खरिद बिक्री भएको छ । त्यसपछि धेरै कारोबार गर्नेमा शिवम सिमेन्ट रहेको छ । उसको दुई करोड ६१ लाख रुपियाँको कारोबार भएको छ ।

आज धेरै नाफा गर्नेमा नेपाल हाइड्रो डेभलपर्सका लगानीकर्ता अगाडि छन् भने घाटा धेरै खानेमा मेरो माइक्रोफाइनान्स लघुवित्तका लगानीकर्ता अगाडि छन् ।

Advertisement

Advertisement

Advertisement