ज्वाइँले गरे सासूको हत्या

Advertisement

अर्घाखाँची । अर्घाखाँचीको सितगंगा नगरपालिकामा ज्वाइँले सासूको हत्या गरेका छन् । दाङ राप्ती गाँउपालिकाका २९ वर्षीय वसन्त कुमालले ससुराली आएको समयमा सितगंगा ८ सातमारा बस्ने सासू ४३ वर्षीय ईन्द्रा कुमालको हत्या गरेका हुन् ।

मदिराले मात्तिएका कुमालले घाँटीमा डोरीले कसेर सासुको हत्या गरेको प्रहरीले जनाएको छ । घटना सग्लन बसन्त कुमाललाई प्रहरीले पक्राउ गरेको छ ।

Advertisement

Advertisement

Advertisement