बाढी पीडितलाई अक्षय कुमारले भारु दुई करोड सहयोग गरे

Advertisement

काठमाडौं । बलिउड अभिनेता अक्षय कुमारले भारतको उत्तरपूर्वी राज्य असमका बाढी पिडितलाई भारु दुई करोड रुपियाँ सहयोग गरेका छन्। असममा बाढीका कारण मानिसहरुको जनजीवन प्रभावित भएको छ ।

अक्षयले असमको मुख्यमन्त्री राहत कोषलाई एक करोड र काजीरंग नेशनल पार्कलाई एक करोड गरि जम्मा दुई करोड सहयोग गरेका हुन् । अक्षयले ट्वीटरमार्फत आफूले बाढी पीडितलाई सहयोग गरेको जानकारी दिएका हुन् ।

उनले ट्वीटरमा लेखेका छन् ‘यो खवर सुनेर दुख लागेको छ, यो दुखद् घडीमा बाढी बाट प्रभावित मानिस र जनावरलाई मद्दत गर्न जरुरी छ । म सीएम रिलिफ फण्ड र काजीरंग पार्कलाई एक एक करोड दान गर्न चाहान्छु ।’

साथै उनले अरु मानिसलाई पनि सहयोग गर्न आग्रह गरेका छन् । असममा हालसम्म बाढी पहिरोकाट १५ जनाको मृत्यू भईसकेको छ भने ४६ लाख बढि मानिसको जनजिवन प्रभावित भएको वेब दुनियाँले जनाएको छ ।

Advertisement

Advertisement

Advertisement