सुचनासँग सरकार डराउँदैनः बास्कोटा, दाउपेच र शक्ति संचयका लागि विप्लवसँग वार्ता नहुने

Advertisement

काठमाडौं । सरकारको प्रवक्तासमेत रहेका सञ्चार तथा सुचना प्रविधि मन्त्री गोकुल बास्कोटाले सुचना सरकारले नभई मिडियाले लुकाएको आरोप लगाएका छन् ।

मन्त्रिपरिषदको निर्णय सार्वजनिक गर्ने क्रममा रकमान्तरसम्वन्धी सुचना सरकारले लुकाएको विषयमा सोधिएको प्रश्नमा उत्तर दिँदै उनले रकमान्तर गर्नु आफैमा गलत होइन भन्दै रकमान्तर गरिएको रकम केमा खर्च गरियो ? त्यो मुख्य कुरा भएको बताए ।

बास्कोटाले सुचना दिने कुरामा डराउनुपर्ने कुनै कुरा नरहेको भन्दै भने ‘सुचनासँग हामीलाई कुनै डर छैन्, डराउनुपर्ने कारण पनि छैन् । सुचना लिन अरु पनि उपायहरु छन्, लिन सकिन्छ । तर सुचना सरकारले होइन् मिडियाले पनि लुकाइदिन्छ । मिडियाले लुकाएको सुचनामा हामीले कहिल्यै प्रश्न गर्ने गरेको छैन् ।

काठमाडौंको सवारी चाप व्यवस्थापन गर्न साझालाई तीन अर्ब
मन्त्री बास्कोटाले काठमाडौंको सवारी चापलाई व्यवस्थापन गर्न साझालाईं तीनसय विद्युतीय गाडि खरिद गर्न तीन खर्ब रुपियाँ पैसा दिएको बताएका छन् । उनले साना गाडिहरुको संख्या बढ्दा सवारी व्यवस्थापन कठिन भईरहेको बेला यसलाई व्यवस्थित गर्न आधुनिक खालको छिटो छरितो सवारी साधनहरु खरिद गर्न खोजिएको बताए । बास्कोटाले साझा पनि व्यवसायिक हिसावले चल्नुपर्ने बताए ।

शक्ति संचय गर्न विप्लवसँग छलछामयुक्त वार्ता हुँदैन्
मन्त्री बास्कोटाले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको माओवादीसँग वार्ता गर्न तयार रहे पनि दाउपेच र शक्ति संचयका लागि वार्ता गर्न खोजेको भए वार्ता नहुने बताए । उनले विप्लवको एजेन्टा प्रष्ट हुनुपर्ने बताए । बास्कोटाले अहिलेको संविधान र राज्य व्यवस्था नै काम लाग्दैन जस्ता असंभव र अनुचित माग पूरा नहुने बताए ।

Advertisement

Advertisement

Advertisement