कामना सेवा विकास बैंक र आइएमइ मोटर्सबीच सम्झौता

Advertisement

काठमाडौं । कामना सेवा विकास बैंक र आइएमइ मोटर्सबीचमा व्यापार सम्झौता सम्पन्न भएको छ । बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेत र मोटर्सको तर्फबाट कामु प्रमुख कार्यकारी अधिकृत सुरज भट्टराईले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।

सम्झौता अनुसार आइएमइ मोटर्समार्फत सिफारिस भई अएका ग्राहकहरूले बैंकको सबै शाखा कार्यालयहरुबाट सहज र छरितो रुपमा अशोक लैलण्डका विभिन्न प्रकारका सवारी साधनहरुमा कर्जा सुविधा लिन सक्नेछन् ।

ज्ञानेश्वरमा केन्द्रीय कार्यालय रहेको बैंकले देशका विभिन्न भागहरुमा ९४ वटा शाखा तथा ४५ वटा एटिएममार्फत गा्रहकहरुलाई आफनो सेवाहरु प्रदान गर्दै आएको छ । साथै बैंकले एबिबिएस, एसएमएस बैंकिङ, सि- एसबिए लगाएतका माध्यमबाट समेत सम्पूर्ण बैंकिङ सेवाहरु थप गर्दै जाने बैंकको योजना रहेको छ ।

Advertisement

Advertisement

Advertisement