उपभोक्ता संरक्षण ऐनअनुसार लेवल लगाईएका वस्तु मात्रै बिक्री गर्न व्यवसायीलाई सुझाव

Advertisement

काठमाडौं । वाणिज्य आपूर्ति तथा संरक्षण विभागका महानिर्देशक योगेन्द्र गौचनले वाणिज्य विभाग अनुगमनमा मात्र सीमित नरही व्यापार व्यवसाय प्रबद्र्धनमा समेत प्रतिबद्ध रहेको र अनुगमनमा सशंकित नहुन व्यवसायीलाई आग्रह गरेका छन् ।

नेपाल चेम्बर अफ कमर्शले आफ्नो सचिवालयमा बिहीबार गरेको वाणिज्यसम्बन्धी साक्षात्कारमा उनले वाणिज्य व्यवसायमा सहजीकरणको सन्दर्भमा भन्सारका दरहरु बढेको र विश्व व्यापार संगठनको सिद्धान्तअनुसार मुलुकको बाध्यताले अधिकतम् भन्सारदर लगाइएको बताउँदै उपभोक्ता संरक्षण ऐनअनुसार लेवल लगाईएका वस्तु बिक्री गर्नुपर्नेमा सबै उद्यमी व्यवसायीलाई सजग गराए ।

बजार अनुगमन निरन्तर प्रक्रिया रहेको बताउँदै गौचनले खरीद बिल जारी गर्दा र बिक्री विल जारी गर्ने समेत अनिवार्य भएकोले सो नभएमा जरिवाना गर्ने कानूनी प्रावधान रहेको र यसमा मिडियालाई ल्याएर प्रचार गराउनेतर्फ विभाग नलागे बताए ।

कार्यक्रममा नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेशकाजी श्रेष्ठले बजार अनुगमनलाई कहाँ के कस्तो कमजोरी छ ? पहिल्याएर त्यसमा नै पुर्नविचार गरी नयाँ ढंगले सोच्नुपर्ने बताए । उनले उपभोक्ता संरक्षण ऐनमा नै आवश्यक संशोधन हुनुपर्ने, दण्ड सजायको प्रावधानमा पनि पुनः विचार गरी आर्थिक क्षतिमा आर्थिक नै दण्ड हुनुपर्ने र थुन छेक गर्न नहुनेतर्फ जोड दिए । श्रेष्ठले ठाउँ र वस्तु अनुसार मूल्य फरक फरक हुने र अधिकतम् खुद्रा मूल्य तोक्ने हुँदा सोबमोजिम बजार अनुगमनमा पनि त्यही दृष्टिकोणबाट हेर्नुपर्ने बताए ।

उनले बजार अनुगमन गर्दा डर त्रासको वातावरण हटाउनुपर्ने बताए । अध्यक्ष श्रेष्ठले उपभोक्ता नियमावली बनाउने क्रममा चेम्बरको समेत सहभागिता भए बढी फलदायी हुने बताए । विशाखापट्टममा नेपाली कन्सुलेटको कार्यालय राख्नुपर्ने उनको सुझाव छ ।

नेपाल युथ चेम्बरका सभापति दिपेश तुलाधरले बजार अनुगमन गर्दा सरकारले उपभोक्ता र व्यवसायको संरक्षण गर्नुपर्ने बताए ।

Advertisement

Advertisement

Advertisement