धनगढीको एक होटलमा भएको विस्फोटमा पाँच जना घाइते, घटनास्थलमा पेस्तोल पनि भेटियो

Advertisement

धनगढी । धनगढीचटकपुरमा रहेको मिलन होटलमा बिहीवार साँझ भएको विष्फोटमा परी पाँचजना घाइते भएका छन्। बिस्फोटमा परी घाइते हुनेहरुमा बझाङका ३५ बर्षीय राम सिंह, कञ्चनपुर बेलडाँडीका लक्ष्मण सेरेला, होटल नजिकै ग्यारेज सञ्चालन गर्ने भारतीय मोबिन खान, धनगढी उपमहानगरपालिका–४ का जितेन्द्र यादव र मिलन होटल सञ्चालक केशवराज पाण्डे छन्।

घाइतेमध्ये सिंह र सेरेलाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । भने यादवको शरिरमा छर्रा र खानको मुखमा चोट लागेको छ । सिंहको कम्मरमुनी गम्भीर चोट लागेको छ सेरेलालाई शरिरभरी चोट लागेको छ । चिया खानमा होटलमा आएका यादव र खानको शरिर तथा मुखमा चोट लागेको छ ।

प्रत्यक्षदर्शी होटल सञ्चालक पाण्डेका अनुसार केही बेरअघि होटलमा आएका सिंहको झोलामा भएको वस्तु विष्फोट भएको थियो। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी उपरीक्षक सुदीप गिरीले पनि सिंहकै झोलामा राखेको वस्तु विष्फोट भएको प्रारम्भिक अध्ययनबाट देखिएको बताएका छन् ।

संभवतः चिया खान आएका उनी बेच्नमा बस्नासाथै विस्फोट भएको थियो । सिंहसँगै सेरेला पनि आएका थिए । विस्फोटपछि सिंहको कम्मरमुनीको माशु नै झरेको छ । घट्नास्थलमा स्टीलको टिफिनका टुक्राका साथै एक थान ९ एमएमको चाइनीज पेस्तोल पनि भेटिएबाट उनीहरु नेत्रविक्रम चन्द समहका कार्यकर्ता हुनसक्ने अनुमान गरिएको छ ।

घटनापछि कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहरा, सशस्त्र प्रहरी उपरीक्षक विष्णुदत्त भट्ट, प्रहरी उपरीक्ष सुदीप गिरी सहितको टोली घटनास्थल पुगेको थियो । घाइतेहरुको मायामेट्रो अस्पतालमा उपचार भइरहेको जनाइएको छ ।

Advertisement

Advertisement

Advertisement