एकै बर्षमा ६३ हजारभन्दा बढि विद्यार्थी बाहिरिए, सबैभन्दा बढि अष्ट्रेलियामा

Advertisement

काठमाडौं । नेपालबाट आर्थिक वर्ष २०७५।७६ मा नो अब्जेक्सन लेटर (एनओसी) लिने विद्यार्थीको संख्या ६३ हजार २ सय ५९ पुगको छ । सरकारले विदेश अध्ययन गर्न जाने विद्यार्थीको संख्या घट्दैगएको दाबी गरेता पनि आर्थिक वर्ष २०७४।७५ को तुलानमा गत वर्ष ५ हजार विद्यार्थीको संख्या बढेको हो ।

शिक्षा मन्त्रालयको वैदेशिक अध्ययन अनुमति शाखाले दिएको तथ्याङकअनुसार गत वर्ष अष्ट्रेलियामा ‘नो अब्जेक्सन’ लिने विद्यार्थीको संख्या ह्वात्तै बढेको छ । असार मसान्तसम्म अष्ट्रेलिया अध्ययन गर्न जाने विद्यार्थीको संख्या ३६ हजार ३ सय २४ रहेको छ । अन्य देशको तुलनामा अष्ट्रेलिया जाने विद्यार्थीको संख्या करिब ७० प्रतिशत बढी रहेको छ ।

अष्ट्रेलियामा अध्ययनसंँगै रोजगारीको अवसर पाउने भएपछि विद्यार्थीको संख्या बढेको शाखाले जनाएको छ । अष्ट्रेलियामा तुलनात्मक रुपमा सजिलै भिषा पाउने भएपछि त्यहाँ जानेको संख्या बढ्न थालेको शाखा प्रमुख महेश्वर शर्माले बताए ।

शर्माका अनुसार गएको आर्थिक वर्ष अर्थात असार मसान्तसम्म करिब ६३ मुलुक अध्ययन गर्न जान विद्यार्थीले एनओसी लिएका छन् । उनका अनुसार विदेश अध्ययन गर्न एनओसी लिने दोस्रो मुलुक जापान हो । गएको आर्थिक वर्षमा आठ हजार ५ सय २३ जना विद्यार्थीले जापानको लागि एनओसी लिएका छन् । त्यस्तै कोरिया, अमेरिका, क्यानडा, बेलायत, स्वीजरल्याण्ड, इटाली, चीन, थाइल्याण्ड, जर्मन, फ्रान्स लगायत मुलुकका लागि एनओसी लिने विद्यार्थीको संख्या बढ्दो रहेको छ ।

पछिल्लो समय अमेरिका र बेलायतले भिषा प्रणालीमा कडाइ गरेपछि त्यहाँ विद्यार्थीको जाने क्रम घट्दै गएको छ ।

भारतका विश्वविद्यालयमा अध्ययन गर्न जाने अधिकांश विद्यार्थीले एनओसी नलिने भएकोले भारत जाने विद्यार्थीको संख्या एकिन गर्न नसकिएको शर्माले बताउनुभयो । उहाले भने– मेडिकल, इन्जिनियरिङ र पिएचडी गर्न जाने केही विद्यार्थीले मात्र एनओसी लिने गरेका छन् ।

पछिल्लो तथ्याङकअनुसार गत आवमा अमेरिका लागि १ हजार ४ सय ९१ र बेलायतका लागि ३ सय ५० जना विद्यार्थीले एनओसी लिएका थिए । आर्थिक वर्ष ०७०–०७१ मा २८ हजार २५, ०७१–०७२ मा ३० हजार ६ सय ९६, ०७२–०७३मा ३२ हजार ४ सय ८९, ०७३–०७४ मा ५१ हजार ६ सय ५९ र ०७४–०७५ मा ५८ हजार ७ सय ५८ जना विद्यार्थीले एनओसी लिएका थिए ।

नेपालमा उच्च शिक्षा हासिल गरेर रोगजारी पाउने सम्भावना न्युन हुदै गएपछि अधिकांस विद्यार्थी कक्षा १२ को अध्ययन सक्नासाथ विदेश जाने संस्कार बढ्न थालेको छ । अधिकांस एनओसी लिएका विद्यार्थी विदेशमै सामान्य अध्ययन गरी रोजगारीमा लाग्ने र उतै पलायन हुने क्रम बढ्दो छ ।

नेपाल समाचारपत्र दैनिकबाट ।

Advertisement

Advertisement

Advertisement