विराटनगर भन्सारबाट ४७ अर्ब राजस्व सङ्कलन

Advertisement

विराटनगर । आर्थिक वर्ष २०७५/७६ मा कूल ४७ अर्ब २४ करोड ३४ लाख राजश्व सङ्कलन भएको कोष तथा लेखा नियन्त्रक कार्यालय विराटनगरले जनाएको छ ।

सङ्घअन्तर्गत रहेका सो कार्यालयमा अघिल्लो आवमा ४० अर्ब ४० करोड ४० लाख राजश्व सङ्कलन भएको थियो । तुलनात्मकरुपमा अघिल्लो आर्थिक वर्षभन्दा १७ प्रतिशत राजस्व बढी सङ्कलन भएको कार्यालय प्रमुख किशोर बरालले जानकारी दिए । गएको आवमा कूल ३० अर्ब ८४ करोड ७५ लाख वार्षिक बजेटमा २९ अर्ब ४४ करोड २१ लाख निकासा भएको कार्यालयले जनाएको छ । पूँजीगत चार अर्ब ७५ करोड ३० लाख वार्षिक बजेटमा तीन अर्ब ५७ करोड ७८ लाख निकासी भएर ७५ प्रतिशत प्रगति हासिल गरेको छ ।

चालू र पूँजीगत गरी कूल ३५ अर्ब ६० करोड पाँच लाखमा ३३ अर्ब एक करोड ९९ लाख निकासी भई ९३ प्रतिशत प्रगति हासिल भएको प्रमुख बरालले जानकारी दिए । उनले निकासा भएको बजेटमा १९ अर्ब प्रदेशलाई छ अर्ब स्थानीय तहलाई भएको छ भने।

Advertisement

Advertisement

Advertisement