अख्तियारको प्रगतिः ३५१ मुद्धा, ८८.५ प्रतिशतलाई जेल, ठुला माछा कति ?

Advertisement

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले  एक वर्षको अवधीमा ३५१ वटा भ्रष्टाचारका मुद्धा दर्ता गरेको छ । यसरी दर्ता गरिएका मुद्धामध्ये ८८.५ प्रतिशत मुद्धाहरुको फैसलामा अख्तियारले भ्रष्टाचार दावी गरेकाहरुलाई सजाय भएको पनि आयोगले जनाएको छ । आयोगले एक बर्षे अवधीको कार्य प्रगतिबारे पत्रकार सम्मेलन मार्फत जानकारी दिँदै एक दिनमा एउटा भन्दा बढी मुद्धा दायर गरेको पनि स्पष्ट पारेको छ । कुल २९४ दिन काम गरेको आयोगले दैनिक औषत १.१९ प्रतिशत मुद्धा दायर गरेको हो ।

आयोगले २ जना बिशिष्ट पदाधिकारी, २ जना सहसचिव, १० जना उपसचिव र ३२ जना शाखा अधिकृत, ४७ जना सुब्बा, २९ जना खरिदार, १५ जना जुनियर कर्मचारी, २४ जना कार्यालय सहयोगीलाई घुस रकमसहित पक्राउ गरेको छ । घुससहित पक्राउ पर्नेमध्ये २७ जना गृह मन्त्रालय सम्वद्ध कर्मचारी छन् भने २६ जना संघीय मामिला मन्त्रालयका कर्मचारी छन् । त्यस्तै, भूमि व्यवस्था मन्त्रालयका २२ र वन तथा वातावरण मन्त्रालयका ११ जना कर्मचारी रहेका छन् ।

ग्त आर्थिक वर्षमा आयोगमा २४ हजार ४८ वटा उजुरी परेका थिए । सोमध्ये आयोगले ६५ प्रतिशत अर्थात १५ हजार ६ सय ११ वटा उजुरीमाथीको छानविन सम्पन्न गरेको हो । सोमध्ये पनि ९२१ वटा उजुरीमाथी िभने आयोगले विस्तृत अध्ययन गरेको थियो । आयोगले गत आर्थिक वर्षमै एक खर्ब १८ अर्बका १८ सय ४८ वटा सरकारी ठेक्काहरुको पनि अध्ययन गरेको थियो । ति ठेक्काहरुमा २३ अर्ब रुपैंयाँ भन्दा बढीको मोबिलाइजेशन पेश्की लिएर पनि काम नगरेको तथ्य पनि आयोगले फेला पारेको थियो ।

ठुला माछा पनि टार्गेटमा
आयोगले सिक्टा सिँचाई आयोजनामा २ अर्ब १६ करोड १७ लाख ३५ हजार ७ सय ९३ रुपैंयाँ विगो माग दावी गर्दै ठुला बिशेष अदालतमा मुद्धा हालेको छ । सिक्टा काण्डमा पूर्व मन्त्री बिक्रम पाण्डे विरुद्ध पनि मुद्धा हालेर आयोगले ठुला माछालाई टार्गेट सुरु गरेको हो ।
त्यस्तै, काठमाडौं फन पार्क भाडामा लगाउँदा अनियमितता भएको आरोपमा ३१ करोड ५२ लाख, बर्दिया जब्दी खोला पुल काण्डमा १९ करोड ३२ लाख र नेपाल आयल निगमको जग्गा काण्डमा गोपाल बहादुर खड्का विरुद्ध १८ करोड ६६ लाख रुपैंयाँ विगो दावीसहित मुद्धा हालेको छ ।

Advertisement

Advertisement

Advertisement