एसआईईसीको सेमिनारमा अष्ट्रेलियाका तीन विश्वविद्यालयहरु नेपाल आउँदै

Advertisement

काठमाडौं । विद्यार्थी परामर्शका क्षेत्रमा स्थापित संस्था एसआईईसीले गर्न लागेको सेमिनारमा अष्ट्रेलियाका तीन वटा नाम चलेका विश्वविद्यालयका प्रतिनिधिहरु नेपाल आउन लागेका छन् ।

सेमिनारमा टोरेन्स र एडिथ क्राउन युनिभर्सिटी २२ जुलाईमा आउँदैछ भने फेन्डर्स युनिभर्सिटी २८ जुलाईमा आउँदैछ । सेमिनारमा विद्यार्थी आएर विश्वविद्यालयका प्रतिनिधिहरुलाई आफ्नो डकुमेन्ट देखाएर भर्ना तथा छात्रवृत्तिका बारेमा परामर्श लिनसक्नेछन् ।

एसआईईसीको कार्यालय पुतलीसडकमा हुने सेमिनारमा विश्वविद्यालयका प्रतिनिधिहरुसँग प्रत्यक्ष कुरा गर्दा उनीहरुलाई डकुमेन्ट तयार भए नभएको, फि कति लाग्ने ? पढ्न के कस्तो सुविधाहरु छ विश्वविद्यालयमा ? जस्ता कुराहरु सोध्न सक्न सक्छन् ।

अहिले विश्वविद्यालयहरुले २५ प्रतिशतसम्म छात्रवृत्ति दिइरहेको एसआईईसीका नेपाल निर्देशक नवराज केसीले बताए । उनले भने, ‘विद्यार्थीहरुले आफ्नो एकाडेमीअनुसार पाउने छात्रवृत्तिहरु पाउनुहुन्छ । मुख्य कुरा यो सेमिनार भनेको विश्वविद्यालयका प्रतिनिधिहरुसँग प्रत्यक्ष भेटेर आफ्ना जिज्ञासा र चासोहरु राख्ने अवसर हो ।’

फिण्डर युनिभर्सिटी र फिण्डर युनिभर्सिटी एडिलेड भन्ने सिटीमा रहेको छ । क्षेत्रीय शहरको रुपमा रहेको एडिलेडमा स्थायीरुपमा बस्न चाहाने (पीआर खोज्ने) विद्यार्थीहरुका लागि थप पाँच अंक पाउने ठाउँ पनि हो ।

अहिलेसम्म पोष्ट स्टडी ओर्क भिसा अहिलेसम्म दुई बर्ष मात्रै दिइरहेकोमा एडिलेडमा तीन बर्ष दिँदैछ । सेमिनारमा विश्वविद्यालयका प्रतिनिधिहरुले स्पटमै अफर लेटर दिन नसक्ने भए पनि आवेदन गर्न डकुमेन्ट पूरा छ कि छैन ? बताउने भएकाले अष्ट्रेलिया पढ्न जाने विद्यार्थीलाई प्रक्रिया सहज हुने र आत्मविश्वास बढ्ने एसआईईसीको भनाई छ । यस्तो हुँदा विद्यार्थीहरु भौतारिरहनुपर्ने अवस्था नहुने केसीले बताए ।

विदेश अध्ययनका क्षेत्रमा बिगत दुई दशकभन्दा अघिदेखि क्रियाशील रहेर भारतसहित धेरै मुलुकमा सञ्जाल बनाउन सफल भएको एसआईईसीको सन् २०१४ देखि नेपालमा कार्यालय सञ्चालनमा आएको हो । एसआईईसीले अष्ट्रेलियाका ४३ मध्ये ३१ वटा विद्यालयसँग सिधा सम्वन्ध राखेर मास्टर, पोष्ट ग्राजुयट, ब्याचलर लेवलमा अध्ययनका लागि विद्यार्थी पठाउने काम गर्दै आएको छ ।

अष्ट्रेलियाका विश्वविद्यालयहरु र्याङकिङमा पाँचसयभित्र पर्ने भएकाले पनि त्यहाँको डिग्रीको महत्व रहेको बताउँदै एसआईईसीका नेपाल प्रमुख केसीले अष्ट्रेलिया विद्यार्थीको बढि आकर्षक हुनुमा दुई–तीन बर्ष पढिसकेपछि पोष्ट स्टडी ओर्क भिसा लिएर काम गर्ने, पीआर लिन चाहनेले त्यसका लागि प्रक्रिया अघि बढाउन सक्ने, नचाहनेले पनि फर्किएर आफ्नो डिग्रीअनुसार नेपालमा काम गर्ने प्रशस्त अवसर पाउने बताए ।

Advertisement

Advertisement

Advertisement