राति बुढानीलकण्ठको कस्मेटिक पसलमा आगलागी

Advertisement

काठमाडौं । बूढानीलकण्ठ नगरपालिका–४ पासीकोटस्थित एउटा कस्मेटिक पसलमा आगलागी भएको छ । गए राति ९ः१५ बजेको समयमा बन्द गरिएको नारायणी सिटौलाको कस्मेटिक पसलमा आगलागी भएको हो ।

प्रहरी प्रभाग बूढानीलकण्ठका प्रहरी निरीक्षक राजकुमार राईका अनुसार विद्युत् चुहिएर आगलागी भएको अनुमान गरिएको छ । आगलागीबाट झण्डै रु सात लाखको क्षति भएको जनाइएको छ । दमकलको सहयोगमा प्रहरी र स्थानीयले केहीबेरअघि आगो नियन्त्रणमा लिएको उनले जानकारी दिए ।

Advertisement

Advertisement

Advertisement