अर्थ मन्त्रालय गुहार्दै सेयर बजारका लगानीकर्ता, के होला सेयर बजार ?

Advertisement

काठमाडौं । धितोपत्र बजारको पुँजीगत लाभकरण गणना सम्बन्धी किचलो बढेपछि सेयर बजारका लगानीकर्ताले अर्थ मन्त्रालय गुहारेका छन् । सिडिएस, धितोपत्र बोर्डसँगको छलफलबाट ठोस निचोड नआएपछि लगानीकर्ताको नजर अर्थ मन्त्रालय तर्फ सोझिएको हो । नेपाल इन्भेष्टर्स फोरम र सेयर लगानीकर्ता संघका प्रतिनिधीहरुले आजै अर्थ र राजश्व सचिवसँग भेट्ने तयारी गरेका छन् । उनीहरुले मध्यान्ह दुबै सचिवहरुलाई भेटेर पुँजीगत लाभकर गणना बिधीमा देखिएको अन्योलता हटाउन आग्रह गर्न लागेका हुन् ।

इन्भेष्टर्स फोरमका महासचिव राजन लम्सालले दिउँसो दुबै सचिवलाई भेटेर समस्या समाधानका लागि आग्रह गर्ने बताए । संघका अध्यक्ष उत्तम अर्यालले सेयर बजारका भविष्य कता लैजाने भन्ने कुरा अब अर्थ मन्त्रालयको काँधमा पुगेको स्पष्ट पारे । धितोपत्र बोर्डका सहायक प्रवक्ता निरञ्जय घिमिरले पुँजीगत लाभकर गणनाबारे उत्पन्न समस्यको समाधान बहुपक्षिय छलफलबाट मात्रै आउने धारणा राखे । उता, सिडिएसका प्रवक्ता सुरेश न्यौपानेले पनि पुँजीगत लाभकरको विषय पेचिलो बनेकाले सरोकारवालाहरुका बिचमा व्यापक छलफल आवश्यक रहेको बताए ।
पुँजी बजारको समस्या समाधानका लागि गठित समितिका संयोजक तथा अर्थ मन्त्रालयका सह सचिव उत्तर कुमार खत्रीले आफुलाई पुँजीगत लाभकर गणनाबिधि बारे जानकारी नभएको बताए । उनले आफु हाल सम्बन्धीत ठाउँमा नभएकाले त्यसबारे कुनै प्रक्रिया नदिने पनि स्पष्ट पारे ।
खत्री नेतृत्वको समितिले २०७२ माघ २ अघिको सेयर कारोबारका मूल्य स्वःघोषणा गर्ने र त्यसको विवरण सिडिएसमा अद्यावधिक रहेकाले सोही अनुसार कर निर्धारण गर्ने निष्कर्ष निकालेको लगानीकर्ताको दावी छ । २०७२ माघ २ गते अघिको करिब १५ प्रतिशत सेयर कारोबारको विवरण सिडिएसँग नभएको अनुमान गरिएको छ ।

Advertisement

Advertisement

Advertisement