मध्य साउनमा १२० करोडको एनएमबी फिफ्टी म्युचुअल फण्ड

Advertisement

काठमाडौं । एनएमबी फिफ्टी म्युचुअल फण्ड साउन १३ गतेदेखि बिक्रि हुने भएको छ । एनएमबी क्यापिटलले व्यवस्थापन गर्ने बन्द मुखी फिफ्टी योजनामा न्युनतम एक सय र अधिकतम एक करोड २० लाख ईकाईसम्म खरिद गर्न सकिनेछ । प्रति इकाई १० रुपैंयाँ मूल्य रहेको फण्डको अवधी ७ वर्षको हुनेछ ।

चाँडोमा साउन १६ र ढिलोमा भदौ १० गते फण्डको बिक्रि बन्द हुनेछ । कुल बिक्रि भएको इकाईको १४ प्रतिशत अर्थात १ करोड ८० लाख इकाई एनएमबी बैंक, १ प्रतिशत इकाई बिक्रि प्रबन्धक एनएमबी क्यापिटलले सकार्नेछन् । बाँकी १० करोड २० लाख इर्काइ भने सर्वसाधारणले खरिद गर्न पाउनेछन् ।

Advertisement

Advertisement

Advertisement