लागुऔषधसहित चार पक्राउ

Advertisement

उदयपुर । उदयपुर जिल्लाको त्रियुगा नगरपालिका–१३ असारीको किराँतचोकबाट शनिबार साँझ चार युवकलाई प्रहरीले लागुऔषधसहित पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार यसरी पक्राउ पर्नेमा त्रिनपा–१३ का २२ वर्षीय रविन राई, १६ वर्षीय सुगम राई, २४ वर्षीय दिनेश दनुवार र १४ वर्षीय प्रदीप सुर्खेती रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले बताएको छ ।

गोप्य सूचनाका आधारमा सादा पोशाकमा गएका प्रहरीले अभियुक्तहरुलाई लागुऔषधसहित पक्राउ गरेको उदयपुरका प्रहरी प्रमुख वीरबहादुर बुढामगरले बताए । पक्राउ गरिएका युवकबाट लागुऔषध फेनारगन २८ एम्पुल, लुपिजेसिक १८ एम्पुल, डाइजोल्याप, १८ एम्पुलसहित लागुऔषध प्रयोग गरिरहेको बेला रङ्गेहात पक्राउ गरिएको उनले बताए ।

Advertisement

Advertisement

Advertisement