चीनको केन्द्रीय व्यवसायको खुद नाफा ८.६ प्रतिशतले वृद्धि

Advertisement

बेइजिङ । सन् २०१९ को पहिलो छ महिनामा चीनको केन्द्रीय व्यवसायको आम्दानी गत वर्षको सोही अवधिको तुलनामा करिब छ प्रतिशतले वृद्धि भएको चीनको राज्य परिषद् राष्ट्रिय सम्पत्ति निगरानी समिति सम्वद्ध अधिकारीले जनाएका छन् ।

यस अवधिमा उक्त शीर्षक अन्तर्गत खुद नाफा ८.६ प्रतिशतले वृद्धि भएको चीनले जनाएको छ । चीनको केन्द्रीय व्यवसायको आर्थिक सञ्चालन समाष्टिगतरुपमा स्थिर भएर प्रगति हासिल भएको भन्दै यसबाट अर्थतन्त्रमा सकारात्मक प्रभाव देखिएको बताइएको छ ।

राष्ट्रिय सम्पत्ति निगरानी समितिका सचिव एवं प्रवक्ता फङ्ग ह्वा काङ्गले सोही बेइजिङमा सञ्चारकर्मीलाई जवाफ दिँदै यस वर्षको पूर्वाद्र्धमा चीनको केन्द्रीय व्यवसायको व्यापारिक आम्दानी गत वर्षको सोही अवधिको तुलनामा ५ .९ प्रतिशतले वृद्धि भएर जुन महिनामा खुद नाफाले इतिहासमा नयाँ रेकर्ड सिर्जना गरेको बताए ।

प्रवक्ता फङ्गले हालै राष्ट्रिय सम्पत्ति निगरानी समितिले सक्रिय रुपमा प्रबन्धको उत्पादन, जहाजको उत्पादन र रासायनिक उद्योग आदि क्षेत्रको व्यावसायिक गतिविधिको अध्ययन गरेर राष्ट्रिय सम्पत्तिको बनौटलाई निरन्तर सुधार गर्ने पनि बताएका छन् ।

Advertisement

Advertisement

Advertisement