विराटनगर महानगरले अत्यधिक कर विरुद्ध, होटल र पर्यटन व्यवसायी आन्दोलित

Advertisement

विराटनगर । विराटनगर महानगरले अत्यधिक कर वृद्धि गरेको भन्दै त्यसको विरोधमा औषधि, होटल र पर्यटन व्यवसायीले आइतबारबाट आन्दोलन शुरु गरेको छन् । महानगरले विभिन्न शीर्षकका पाँच सय प्रतिशत भन्दा अधिक कर बढाएको भन्दै व्यवसायीले एकीकृत रुपमा विरोधका कार्यक्रम शुरु गरेको छ ।

पहिलो चरणको कार्यक्रमअन्तर्गत नेपाल औषधि व्यवसायी संघ र होटल तथा पर्यटन व्यवसायीहरुले र्याली निकालेर बढाइएको करको विषयमा महानगरको ध्यानाकर्षण गरेका छन् । बिहान महानगरपािलका कार्यालय पुगेका व्यवसायीले महानगरका मेयर भीम पराजुलीलाई ज्ञापन पत्र बुझाएर कर समायोजन गर्न माग गरेका छन् ।

नेपाल औषधि व्यवसायी संघका कोशीका अध्यक्ष कुमार खतिवडाले व्यवसायीले थेग्नै नसक्नेगरी करमा वृद्धि भएपछि आन्दोलन जानु परेको बताउँदै भने, ‘‘हरेक क्षेत्रमा बढाइएको करका कारण हामीलाई व्यवसाय गर्न नै कठिन भएको छ ।’’ उनले करको विषयमा पुनर्विचार गर्न महानगरका प्रमुख भीम पराजुलीको ध्यानाकर्षण गराए ।

महानगरपालिकाले एक वर्ष अघि विभिन्न निर्णय गरी २०७५ साल असार महिनामै विभिन्न शीर्षकमा लिएँदै आएको करमा वृद्धि गरेको थियो । महानगरपालिकाले आर्थिक वर्ष २०७५र०७६ देखि लागू हुनेगरी भारी मात्रामा करको दरमा वृद्धि गरेको खतिवडाले बताए । खतिवडाले भने, ‘‘आर्थिक वर्षको अन्तिम महिनामा कर तिर्न जाँदा अचाक्ली वृद्धि भएको थाहा भयो । होटल तथा पर्यटन व्यवसायी भविषकुमार श्रेष्ठले बढेको करका कारण व्यवसाय नै चौपटक हुने अवस्था आएको सुनाए ।

उनले भने, ‘‘तिर्दै आएको करको साविक दरमा पाँच गुणासम्म वृद्धि भएको रहेछ ।’’ धेरै व्यवसायी कर नतिरिकन पर्ख र हेरको अवस्थामा रहेको श्रेष्ठले बताए । विगतमा दुई हजार तिर्दै आएकामा शीर्षकको कर अहिले बढेर १० हजार पुगेको व्यवसायीले बताएका छन् । औषधि व्यवसायीले तिर्नुपर्ने करको दर पनि बढाएर निकै बढाइएको व्यवसायीले बताएका छन् । साना, मझौला तथा ठूलो भनेर श्रेणी छुट्टाइएको भएपनि कर्मचारीको तजबिजीमा परेकोले त्यसअनुसार भने नएको अध्यक्ष खतिवडाले तर्क गरे ।

विराटनगरमा झण्डै चार सयको हाराहारीमा औषधि व्यवसायीहरू छन् । सबै महानगरमा दर्ता छैनन् । आन्तरिक राजश्व कार्यालयमा वित्तीय विवरण बुझाउने क्रममा घर वहाल कर बुझाएको निस्सा खोज्ने र यस्तो शुल्क स्थानीय तहमा बुझाउने नयाँ नियमका कारण सम्बन्धित पालिकाले व्यवसाय कर खोज्ने भएका कारण पनि दर्ता हुनुपर्ने अवस्था आएको हो ।

क्षेत्रीय होटल संघका अध्यक्ष राजन श्रेष्ठले व्यवसाय कर चकित हुनेगरी बढेको बताए । उनले भने, ‘‘पहिले पाँच हजार व्यवसाय कर तिर्नेले हिले ३० हजारसम्म बुझाउनु पर्ने अवस्था आएको छ ।’’ महानगरको हकमा साना होटलको १० हजार, मझौलाको रु। २० हजार र ठूलोको ३० हजार वार्षिक कर तोकिएको छ । एकतारे होटलले ५० हजार, दुईतारेले ७५ हजार र तीनतारेको १ लाख एक लाख ३० हजार बुझाउनु पर्छ ।

विराट व्यापार संघका अध्यक्ष सुजन थापाले करको दरको विषयमा पुर्नविचार गर्न आग्रह गरिएको बताए । महानगरका प्रमुख भीम पराजुलीले व्यवसायीको मागको विषयमा छलफल गरिने बताएका छन् । पराजुलीले भने,‘‘महानगरले आफ्नो आन्तरिक आय बढाउनका लागि भने करको केही दायरा भने फराकिलो पारेको हो ।’’

Advertisement

Advertisement

Advertisement