अब युट्युबमा भिडियो नहेरी गीतमात्र सुन्न पाइने, डाटा पनि कम खर्च हुने

Advertisement

काठमाडौं । भिडियो स्ट्रिमिङ प्लाटर्फम युट्युबले प्रयोगकर्ताका लागि भिडियो नहेरी गित सुन्न मिल्ने नयाँ फिचर ल्याएको छ । थप गरिएको उक्त नयाँ फिचरका कारण अब युट्युवको गीत स्ट्रिमिङ्ग हुने प्लाटर्फम युट्युब म्युजिकमा कम डाटा खर्च गरी गीत सुन्न तथा हेर्न सकिनेछ । तथापि यो फिचर केवल प्रिमियम प्रयोगकर्ताका लागि मात्र उपलब्ध हुनेछ ।

यो नयाँ फिचर अनुसार अब युट्युब म्युजिकको प्रियिम सेवाका प्रयोगकर्ताले युट्युबमा कुनैपनि गीतको भिडियो हेर्ने कि गीतमात्रै सुन्ने भन्ने कुरा रोज्न पाउनेछन् ।कमजोर वाइफाइ तथा मोबाइल इन्टरनेट नेटवर्क भई युट्युबमा भिडियो खुल्न कठिनाई झेल्नुपर्ने अवस्थामा समेत यो फिचरले निक्कै काम दिनेछ । किनकी अब गीतमात्र सुन्नका लागि युट्युबमा भिडियो चलाउनु पर्नेछैन । भिडियो हेर्ने कि गीतमात्र सुन्ने भन्ने कुरा चाहेको बेला प्रयोगकर्ताले रोज्न सक्नेछन् । यसो गर्दा डाटा पनि कम खपत हुनेछ ।

यसरी गर्नेछ काम

जुनबेला युट्युब म्युजिक लञ्च भयो त्यहीँबेला देखि नै प्रयोगकर्ताहरुले यसमा भिडियो मात्र नभै अडियो मात्रै सुन्न पाउने फिचर थप गर्न माग गर्दै आएका थिए । प्रयोगकर्ताको यहीँ मागलाई ध्यानमा राख्दै युट्युबले यो फिचर ल्याएको हो ।

यो फिचर जारी भएसँगै अब म्युजिक प्लेयरमा माथिपट्ट िएक बटन उपलब्ध छ । त्यसमा क्लिक गरेर बजिरहेको गीतको अडियो मात्र सुन्ने कि भिडियो पनि हेर्ने भन्ने कुरा रोज्न सकिन्छ र आफुलाई मन लागेको बेला अडियो वा भिडियो फम्र्याटमा परिवर्तन गर्न सकिनेछ । यो फिचरको सबैभन्दा महत्वपूर्ण कुरा भनेको यसले गीतलाई रियल टाइममा स्विच गर्दछ ।

५० लाख गीत म्याच गरियो

युट्युबमा अनुसार उसले अहिलेसम्म आफ्नो आधिकारिक म्युजिक एपमा ५० लाख गीतलाई समायोजन गरिसकेको छ । आगामी दिनमा छिट्टै नै बढि भन्दा बढि गीतलाई यो नयाँ फिचरमा समायोजन गरिने उसले जनाएको छ ।

यसरी प्रयोग गर्नुहोस् नयाँ फिचर

युट्युब प्रिमियम तथा युट्युब म्युजिकको प्रिमियम प्रयोगकर्ताले म्युजिक एपका लागि ल्याइएको यो नयाँ फिचर प्रयोग गर्न सक्नेछन् ।

केही समयमै सबै प्रयोगकर्ताले यो फिचर प्रयोग गर्न पाउने युट्युबले जनाएको छ । यो फिचरको मज्जा लिनका लागि तपाइँको एन्ड्रोइड वा आइओएस डिभाइसमा युट्युब म्युजिक एपको लेटेस्ट भर्सन अपडेट हुनुपर्नेछ । एजेन्सीको सहयोगमा

Advertisement

Advertisement

Advertisement