लाभकर विवादको प्रभाव सेयर बजारमा कायमै, नेप्सेमा नगन्य सुधार

Advertisement

काठमाडौं । सेयर बजारमा सोमबार नगन्य सुधार देखिएको छ भने कारोबार पनि खासै बढ्न सकेन् । नेप्से दुई दशमलव ४८ अंकले बढेर एक हजार २७१ कायम भएको छ भने कारोबार ३१ करोड ६६ लाख रुपियाँ रहेको छ, जुन आइतबारको भन्दा थोरैले बढि हो ।

लामो समयदेखि लगातारजसो घट्दै आएको बजारमा पछिल्लो समय लाभकर विवादका कारण कारोबार प्रभावित भएको छ । सेयरको भारित औषत लागतमा पुँजीगत लाभकर गणना गर्ने नियमका कारण लगानीकर्तामा उत्साह देखिन सकेको छैन् भने कारोबार र नेप्से परिसुचक पनि सुधार आउन सकेको छैन् ।

आज अधिकांश समूहका सुचकहरुमा सुधार देखिए पनि त्यो नगन्य मात्रै रहेको छ । आज निर्जीवन र जीवन बीमा समूह र म्युचुअल फण्ड समूहका सुचकहरु घटेका छन् भने बाँकी समूहका सुचकहरुमा सामान्य सुधार छ । म्युचुअल फण्डको सुचक भने एक प्रतिशतभन्दा बढिले घटेको छ ।

कारोबार घट्दा पनि नेपाल लाइफ इन्स्योरेन्सको सेयर दुई करोड ३६ लाख रुपियाँको खरिद बिक्री भएको छ, जुन आजको सबैभन्दा उच्च हो । नाफा धेरै गर्नेमा एनएमबि माइक्रोफाइनान्सका लगानीकर्ता अगाडि छन् भने घाटा खानेमा माहुली सामुदायिक लघुवित्तका लगानीकर्ता अगाडि छन् ।

Advertisement

Advertisement

Advertisement