राष्ट्रिय वाणिज्य बैंकको नयाँ एक्सटेन्सन काउन्टर संसद भवन परिसरमा

Advertisement

काठमाडौं । प्रतिनीधि सभाका सभामुख कृष्णबहादुर महराले सोमबार नेपालको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार परिसर भित्र रहेको संघीय संसद सचिवालयमा राष्ट्रिय वाणिज्य बैंकको एक्सटेन्सन काउन्टर र एटिएम सेवाको एक समारोहकाबीच उद्घाटन गरेका छन् । उद्घाटन गर्दै सभामुख महराले सरकारी बैंकको सेवाबाट सांसदहरु तथा सचिवालयका कर्मचारीहरुलार्ई कारोबार गर्न सहज हुने बताए ।

कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले बैंकको सेवा अझ चुस्त र प्रविधिमैत्री हुने बताउँदै उक्त एटिएमबाट चौबीसै घण्टा सेवा उपलब्ध हुने बताए । बैंकका नायब प्रमुख कार्यकारी अधिकृत केशबप्रसाद लम्सालले स्वागत मन्तब्य ब्यक्त गरेका थिए।

उक्त समारोहमा अर्थ समितिका सभापति कृणप्रसाद दाहाल, राज्यव्यवस्था तथा सुशासन समितिका सभापति सशि श्रेष्ठ, महिला समितिका सभापति निरु पाल, संघीय संसदका महासचिव मनोहरप्रसाद भट्टराई, सासंदहरु, संसद सचिवालयका सचिवहरु, सहसचिवहरु, बैंकका उपकार्यकारी अधिकृतहरु टेकराज जोशी, देवेशप्रसाद लोहनी, विभागीय प्रमुखहरु, कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

बैंकको हाल ७७ जिल्लामा २२२ वटा शाखा कार्यालय, १७५ वटा एटिएम र ९३ वटा शाखा रहित बैंकिङ्ग रहेको छ । कार्यक्रमको संचालन ब्रान्च अपरेशन विभागका उपप्रबन्धक जितेन्द्रसिंह थापाले गरेका थिए ।

Advertisement

Advertisement

Advertisement