इजरायलले भत्कायो प्यालेस्टाइनीहरूको घर

Advertisement

काठमाडौं । इजरायलका सरकारी बलहरूले सोमवार जेरुसेलमको बाहिरी भागमा रहेको सैन्य ब्यारियर नजिक रहेका प्यालेस्टाइनी घरहरू भत्काउन थालेको छ । विरोध तथा अन्तर्राष्ट्रिय आलोचना भइरहँदा समेत उसले घर भत्काएको हो ।

सयौं इजरायली प्रहरी र सैनिकहरू पूर्वी जेरुसेलमको छेउमा रहेको एक प्यालेस्टाइनी गाउँ सुर बाहेरमा बुलडोजर सहित पुगेका थिए । उक्त क्षेत्र इजरायलले सन् १९६७ को युद्धमा कब्जामा लिएको थियो । सैन्य पर्खालको रूटमा रहेका अन्य शहरका भवनलाई पनि भत्काइने हो कि भनी प्यालेस्टाइनीहरूले आशंका व्यक्त गरेका छन् । उक्त ब्यारियर सयौं किलोमिटर लामो छ र यो इजरायल अधीनस्थ पश्चिमी किनारा हुँदै जान्छ ।

जेरुसेलमको भविष्यका सम्बन्धमा भइरहेको लामो झगडाका क्रममा आजको घटना गरिएको हो । जेरुसेलममा ५ लाख इजरायली र ३ लाख प्यालेस्टाइनी बस्छन् अनि त्यहाँ यहुदी, क्रिस्चियन र इस्लाम तीनै धर्मका पवित्र स्थलहरू छन् । इजरायली बलहरूले सुर बाहेरमा रहेको ब्यारियरलाई रातको अँध्यारोमा काटेर भवनमा बस्ने निवासीहरूलाई हटाएका थिए ।

Advertisement

Advertisement

Advertisement