सिद्धार्थ क्यापिटलको एक अर्ब ४० करोडको म्युचुअल फण्ड साउन १३ गतेदेखि बिक्री खुला हुने

Advertisement

काठमाडौं । सिद्धार्थ बैंकको सहायक कम्पनी सिद्धार्थ क्यापिटलले योजना व्यवस्थापक रहेको सिद्धार्थ म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने सिद्धार्थ इन्भेष्टमेण्ट ग्रोथ स्कीम २ को १४ करोड इकाई साउन २३ गतेदेखि सार्वजनिक रुपमा बिक्री खुला गर्ने भएको छ ।

सिद्धार्थले एक अर्ब ४० करोड रुपियाँको सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम २ को १४ करोड ईकाई बिक्रीमा ल्याउन आब्हान पत्र सार्वजनिक गरेको छ । न्यूनतम १०० र अधिकतम १ करोड ४० लाख इकाईसम्म दरखास्त दिन पाइने छ ।

यसमा लगानी गर्दा बार्षिक रुपमा प्रतिफल पाईने र ईकाई बिक्रीमा करकट्टी गर्नु नपर्ने कानुनी ब्यवस्था रहेको क्यापिटलको आह्वान पत्रमा उल्लेख गरेको छ ।

Advertisement

Advertisement

Advertisement