फेस अफ मारवाडीको बिजेता छनौट

Advertisement

काठमाडौं । सोमबार सम्पन्न फेस अफ मारवाडी को उपाधि पुरुष तर्फ मिष्टर मावाडी २०१९ को धरानका राहुल अग्रवालले जितेका छन् भने महिला तर्फ काठमाडौंकी निशा अग्रवालले जितेकी छिन् । त्यसैगरी पुरुषतर्फ शिवम् अग्रवाल फस्ट रनरप रहे भने अजय खण्डेलवाल सेकेन्ड रनरप रहेका थिए।

त्यसैगरी, महिला तर्फ सिम्रन सबू फस्ट रनरप र विराटनगरकी सुनीता वरमा सेकेन्ड रनरप रहिन् । विजेताहरुले नगद  ५० हजार रुपियाँका साथै अन्तरिष्ट्रिय पल्टीमा भाग लिने मौका प्राप्त गरेका छन् भने फस्ट रनरप रसेकेन्ड रनरपले क्रमश ३०  हजार रुपियाँ र २० हजार रुपियाँ प्राप्त गरेका छन्।

सो प्रतियोगिता का निर्णायकका रूपमा कारण कुन्द्रा र नायीका रेखा थापा रहेका थिए । कार्यक्रम नेपालका लागि भारतीय राजदूत मन्जिभ सिंह पुरीको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो।

Advertisement

Advertisement

Advertisement