सामसङको विश्वकै पहिलो ४८ मेगापिक्सल रोटेटिङ ट्रिपल क्यामरायुक्त ग्यालेक्सिी ए८० बजारमा

Advertisement

काठमाडौं । सामसङ इलेक्ट्रोनिक्सले नयाँ ‘ग्यलेक्सी ए ८० स्मार्ट फोन’ नेपाली बजारमा प्रस्तुत गरेको छ । यस फोनको प्रयोग गरी हामीहरुलाई लाइभ सम्बाद, फोटो खिच्न, भिडियोहरु हेर्न तथा आफ्ना अनुभवहरु साट्ने जस्ता क्रियाकलाप गर्न सजिलो हुने कम्पनीले जनाएको छ ।

यसमा फुल स्क्रिन डिस्प्ले, सामसङको पहिलो क्रान्तिकारी रोटेटिङ्ग क्यामरा तथा इन्टलिजेन्ट व्याट्रि जस्ता अद्वितीय सुविधा समाहित रहेको कम्पनीले जनाएको छ ।

सामसङ इलेक्ट्रोनिक्स नेपालका मोबाइल डिभिजन प्रमुख प्रणय रत्न स्थापितले भने– ‘ग्राहक केन्द्रित भएर हामीले हरेक कार्यहरु गर्दै आएका छौं, ग्राहकहरुले आफ्नो व्यक्तिगत जीवनमा विशिष्टिकृत उपकरणहरुको खोजी गर्दै आउनु भएको छ । हाम्रो विशेषज्ञता, ग्लोबल क्षमता तथा ग्राहकहरुको अन्तर्दृष्टि, जस्ता पक्षहरुले गर्दा सामसङले ग्राहकहरु समक्ष नवीनतम आविस्करहरुप्रस्तुत गर्न सफल भएको छ । ग्यालेक्सी ए सेरिज मोडेलले अद्वितीय आवश्यकता पूरा गर्दै आएको हुँदा सबैले छनौट गरेको पाएको छु । त्यसैले, ग्यालेक्सी ए८० मा विद्यमान विशेषताहरुले गर्दा यो इरा अफ लाइभमा सबैजना सम्पूर्ण रुपमा सहभागी हुन सक्नुहुने छ ।’

Advertisement

Advertisement

Advertisement