अल्काटेलका फोन नेपाली बजारमा

Advertisement

काठमाडौं । अल्काटेलले नेपाली बजारमा नयाँ श्रेणीका स्मार्टफोनहरु र फीचर फोनहरुका साथ नेपाली बजारमा प्रवेश भयो ।

कम्पनीले अल्काटेल वान, अल्काटेल एक एस, अल्काटेल थ्रीएक्स, अल्काटेल ३ (३जीबी र्याम प्लस ३२जीबी स्टोरेज), र अल्काटेल ३ (४जीबी र्याम र ६४जीबी स्टोरेज) स्मार्टफोनहरु तथा अल्काटेल २०५३डी, अल्काटेल २००३डी, अल्काटेल १०६६डी फीचर फोन सेगमेन्टमा उपलब्ध गराएको छ । यसका अतिरिक्त कम्पनीले डिभाइसमा एक वर्षको वारेन्टी तथा एसेसरिजमा छ महिनाको वारेन्टी दिएको छ ।

नेपालमा सूचना प्रविधि क्षेत्रका उत्पादनहरु तथा इलेक्ट्रोनिक्सका प्रमुख बितरकमध्ये एक एसएचटिसी इन्टरनेशनल । यस ब्राण्डको आधिकारीक बितरकको रुपमा कार्यरत रहेको छ । अल्काटेल ब्राण्ड लन्च भएको अवसर पारेर एसएचटिसी इन्टरनेशनल प्रालिका प्रबन्ध निर्देशक श्री अमित अग्रवालले भने,‘घरेलु मोबाइल बजारमा हामी नयाँ उत्पादनहरु ल्याउन पाउँदा निकै हर्षित भएका छौं ।

हामी निश्चित छौं कि, अल्काटेल स्मार्टफोनहरुमा रहेको उच्चतम यूजर एक्सपेरियन्स, यसको नविनतम डिजाइनहरुका साथमा उच्चस्तरको गुणस्तर तथा विशिष्टीकृत सेवाहरुका साथमा ग्राहकहरुले मन पराउने छन् । यसका साथै उनले सम्पूर्ण स्मार्टफोनहरुमा शक्तिशाली ब्याट्री, हाई पिक्सेल क्यामरा र विशिष्ट गुणस्तर रहेको बताए।

अल्काटेल, टिसिएल कम्यूनिकेसन्स मोबाइल उद्योगमा नेतृत्वदायी कम्पनी हो र यसले विश्वका १६० भन्दा बढि देशहरुमा आफ्नो बिक्री संचालन गरिरहेको छ ।

स्मार्टफोन सेगमेन्ट
अल्काटेल वानः इमर्सिभ फूल भ्यू १८र९ रेसियो डिस्प्ले र सोसियल रेडी क्यामरा
बजार मूल्य रु. ८,२४९
अल्काटेल १एसः ३जीबी र्याम र ३२ जीबी स्टोरेज, सूपथ मूल्यमा अक्टाकोर डिभाइस
बजार मूल्य रु. १४,७९९
अल्काटेल ३ एक्सः ३जीबी र्याम र ३२ जीबी स्टोरेज, एक्स्प्याण्ड योर होराइजन्स
बजार मूल्य रु. १४,७९९
अल्काटेल ३स् ९४जीबी र्याम र ६४जीबी स्टोरज० एआर इमोजीको साथ ड्यूल १६ एमपी र ५ एमपी क्यामरा
बजार मूल्य रु. २१,४९०– ९यो स्मार्टफोन दराज डटकममा उपलब्ध छ ।
फीचर फोन सेगमेन्टः
अल्काटेल १०६६डीः युवा वर्ग लक्षित डिजाइन र थुपै्र आर्कषक फिचरका साथ
बजार मूल्य रु. १,९१०
अल्काटेल २००३डीः ९७० एम।ए।एच ब्याट्री जसले दिन्छ ७ घण्टा सम्मको टक टाइम
बजार मूल्य रु. २,४७५
अल्काटेल २०५३डीः फोल्डेबल डिजाइन र थुपै्र आधुनिक फिचरस्
बजार मूल्य रु. ३,५९९

Advertisement

Advertisement

Advertisement