अष्ट्रेलियाका ३५ विश्वविद्यालयसहित वृहत शैक्षिक मेला हुँदै, एजेन्ट र विचौलिया शुन्य

Advertisement

काठमाडौं । ग्लोबल रिच नेपालको सबैभन्दा ठूलो अष्ट्रेलियन एजुकेशन फेयर (शैक्षिक मेला) गर्ने तयारी गरेको छ । आउँदो शनिबारदेखि चार विभिन्न ठाउँमा चार दिनसम्म सञ्चालन हुने फेयरमा अष्ट्रेलियाका ३५ वटा विश्वविद्यालय एवं कलेजहरु सहभागी हुँदैछन् ।

पहिलो दिन जुलाई २७ (साउन ११ गते) काठमाडौंको होटल अन्नपूर्णमा हुने अष्ट्रेलियन एजुकेशन फेयर बिहान १० बजेबाट अपरान्ह ५ बजेसम्म सञ्चालन हुनेछ । त्यसपछि क्रमसः २८ तारिखमा पोखराको न्यूरोडस्थित सिटी स्क्वायर ब्याङ्क्वेट एण्ड रेष्टुरेन्टमा, २९ तारिखमा चितवनको भरतपुर गार्डेन रिसोर्टमा र ३० तारिखमा बुटवलस्थित ग्लोबल रिचको कार्यालय (राजमार्ग चौराहा, प्रधान हाइट, पहिलो तल्ला)मा शैक्षिक मेला आयोजना हुनेछ ।

काठमाडौंको मेलामा अष्ट्रेलियाका ३५ वटा विश्वविद्यालयका प्रतिनिधिहरुको प्रत्यक्ष सहभागिता रहन्छ भने अन्य स्थानका मेलामा २–४ वटा विश्वविद्यालय कम हुनसक्छन् । यद्यपि यति धेरै संख्यामा अष्ट्रेलियाका युनिभर्सिटीहरु सहभागी गराई ग्लोबल रिचले मेला गर्न लागेको हो । ग्लोबल रिचले हरेक बर्ष ठूलो संख्यामा अष्ट्रेलियाका विश्वविद्यालयलाई सहभागी गराई मेला गराउन सफल हुँदै आएको छ ।

विभिन्न संघसंस्था र इभेन्ट म्यानेजमेन्ट कम्पनीहरुले अष्ट्रेलिया जाने विद्यार्थीहरुलाई लक्षित गर्दै शैक्षिक मेला आयोजना गर्ने गरेकोमा ग्लोबल रिचले बिना एजेन्ट स्वयम अष्ट्रेलियाका ठूलो संख्यामा चर्चित विश्वविद्यालयहरु सहभागी गराई हरेक बर्ष मेला गर्दै आएको छ ।

विश्वविद्यालयका प्रतिनिधिहरुसँग प्रत्यक्ष भेटघाट गरी आफूले पढ्न चाहेको विषय, भर्ना प्रक्रिया, छात्रवृत्ति जस्ता कुराहरुमा परामर्श लिन सकिने यो सबैभन्दा ठूलो शैक्षिक मेला भएको ग्लोबल रिच नेपालका प्रमुख नारायण बजाजको भनाई छ । उनले अष्ट्रेलियाका विश्वविद्यालयको मेलामा आफै सहभागिता हुने भएकाले यहाँका स्थानीय साझेदारहरुको खासै भूमिका नहुने बताउँदै सहजकर्ता र पुनस्थापकीय भूमिकाको रुपमा आफूहरुले काम गर्ने बताए ।

विद्यार्थीहरुले एजेन्टहरुसँग नभई सोझै विश्वविद्यालयका प्रतिनिधिहरुसँग कुरा गर्न र बुझ्नसक्ने भएकाले पनि यो मेलाको विशेष महत्व रहेको बताउँदै बजाजले मेलाबाट विद्यार्थीहरुले सबै कुरा बुझेर प्रक्रिया अघि बढाउन सक्ने बताए । साथै, पढ्न जाने विद्यार्थीहरुका लागि शैक्षिक कर्जा लिने प्रक्रियाको जानकारीका लागि एनएमबि बैंक, नबिल बैंक, एसबिआई बैंक, सिद्धार्थ बैंक र माछापुछ्रे बैंकका स्टलहरु रहनेछन् ।

अष्ट्रेलिया पढ्न जाने सोच बनाएका विद्यार्थीलाई शैक्षिक कर्जादेखि भाषा परीक्षा, भर्ना प्रक्रिया जस्ता कुराहरु मात्रै नभएर भोलि पढन गइसकेपछि पनि कति समय काम गर्ने ? कस्तो काम गर्ने ? भन्ने कुराको समेत अन्योलमा मेलाबाट समाधान हुने भन्दै बजाजले जो विद्यार्थीहरु तयारीका साथ डकुमेन्ट लिएर आउँछन, उनीहरुले अन द स्पट एप्लिकेशनसमेत गर्न पाउने भएकाले अन्य मेलाको तुलनामा यसको विशेष महत्व रहेको बताए ।

अरु अधिकांश अष्ट्रेलियन शैक्षिक मेलामा एजेन्ट र विचौलाहरु हुने भए पनि ग्लोबल रिचको मेलामा एजेन्ट र विचौला नहुने हुँदा उनीहरुले विद्यार्थीलाई झुक्याउने र गलत सुचना दिने अवस्था रहँदैन । ग्लोबल रिचले सन् २०१२ देखि यस किसिमको मेला गर्दै आएको छ ।

Advertisement

Advertisement

Advertisement