नेपा ढुकुबाट ४ बजे आउँदैछ मौद्रिक नीति

Advertisement

काठमाडौं । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७६/७७ को मौद्रिक नीति आज ४ बजे सार्वजनिक गर्ने निर्णय गरेको छ ।

केहिबेर अघि सम्पन्न सञ्चालक समितिको बैठकले मौद्रिक नीतिलाई पास गर्दै ४ बजे सार्वजनिक गर्ने निर्णय गरेको हो । ‘आजै ४ बजे र्याडिसन होलटबाट मौद्रिक नीति सार्वजनिक हुँदैछ, सञ्चालक समिति बैठकले पास गरिसकेको छ’, राष्ट्र उच्च श्रोतले भन्यो ।

राष्ट्र बैंकले ३ बजे हाइटी खुवाएर ४ बजे मौद्रिक नीति सार्वजनिक गर्ने कार्यक्रम तय गरेको छ । त्यसका लागि र्याडिसन होटलको नेपा ढुकु हल बुक गरिएको छ ।

Advertisement

Advertisement

Advertisement