एक हप्ताभित्र उपयुक्त विकल्पसहित नआए पुँजी नपुर्याउने बीमा कम्पनीलाई कारवाही गर्छाै

Advertisement

बीमा समितिले जीवन बीमा कम्पनीलाई २ अर्ब र निर्जीवन बीमा कम्पनीलाई १ अर्ब चुक्ता पुँजी पुर्याउन निर्देशन दिएर ३ पटक समय थपिदियो । सो अवधीमा समेत केहि कम्पनीहरुले पुँजी पुर्याउन नसकेपछि बीमा समितिले यतिबेला एक हप्ते अल्टिमेटमसहितको पत्र पठाएको छ । यसै विषयमा कर्पाेरेट नेपालले बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईँसग सोध्योः अब के गर्नुहुन्छ ?

जीवन बीमा कम्पनीलाई २ अर्ब र निर्जीवन बीमा कम्पनीलाई १ अर्ब पुँजी पुर्याउन तेश्रो पटक उपलब्ध गराईएको समय पनि सकियो, पुँजी पुर्याउन नसक्ने कम्पनीलाई अब के गर्नुहुन्छ ?
हामीसँग पुँजी नपुर्याउने जीवन र निर्जीवन तर्फ चार प्रकारका कम्पनीहरु छन् । पहिलो हो राष्ट्रिय बीमा संस्था हो । यसमा नेपाल सरकार, नेपाल बैंक, राष्ट्र बैंक लगायतको लगानी रहेको छ । यसको आफ्नै ऐन छ, पुँजीका विषयमा पनि त्यहि ऐनमा व्यवस्था छ । बीमा समितिको नयाँ ऐन नआउँदासम्म त्यसलाई केहि गर्न मिलेन् ।

अर्काे भनेको राष्ट्रिय बीमा कम्पनी हो, जसको विगत छ सात वर्षदेखिको वित्तिय विवरण स्वीकृत भएको छैन् । कम्पनी घाटामा पनि हुन सक्छ वित्तिय विवरण पास हुँदासम्म । त्यसकारण हामीले बीमा कम्पनीलाई छिटो भन्दा छिटो वित्तिय विवरण स्वीकृत गराएर पुँजी पुर्याउनु भनेका छौं ।
तेश्रो भनेको विदेशी बीमा कम्पनीका शाखाहरु छन् । जीवन तर्फ मेट लाइफ र निर्जीवन तर्फ ओरियन्टल र नेशनल छन् । यी कम्पनीहरुलाई नेपाली कम्पनीको बराबर पुँजी पुर्याउन नसके लाभांश लैजान नदिने भनेका छौं । यसले अहिले पनि निरन्तरता पाएको छ । चौथो प्रकारका कम्पनीहरु छन्, जसलाई हामीले पटक पटक गरेर ३ पटक पुँजी पुर्याउन समय दियौं । तर अझै पनि टेरेनन् । लाइफ तर्फ सुर्या, गुराँस र प्राइम छन भने नन लाइफ तर्फ युनाइटेड, लुम्बिनी, प्रुडेसिन्यसल र एनएलजी इन्स्योरेन्स रहेका छन् ।

यी कम्पनीहरुलाई हामीले पटक पटकको सुबिधा दिँदा पनि किन पुँजी नपुर्याएको ? तिमिलाई अब कारवाही किन गर्नु नपर्ने ? भनेर सात दिनभित्र जवाफ पठाउन निर्देशन दिएका छौं । बीमा ऐन २०४९ को दफा १२(क) अनुसार कारवाही किन नगर्ने भनेर सोधेका छौं । एक हप्ता भित्र आउने जवाफका आधारमा हामीले के गर्नुपर्ने हो सोही अनुसार कारवाही गर्छाै ।  कस्तो कारवाही गर्ने भन्नेबारे चाँही बोर्डले निर्णय गर्छ । उनीहरुले पुँजी वृद्धिको योजना बुझाएका थिए तर सो अनुसार पुँजी पुर्याउन भने सकेनन् ।

पुँजी पुर्याउन नसक्ने कतिपय बीमा कम्पनीहरु बीमा समितिको झण्झटिलो प्रक्रियाका कारण पुँजी पुर्याउन नसकिएको भनिरहेका छन् नी ?
अरु कम्पनीले चाँही सक्ने तर केहि कम्पनीले मात्रै नसक्ने भन्ने पनि कहिँ हुन्छ ? २६ कम्पनीमध्ये ९ वटाले मात्रै नपुर्याएका हुन् । ४ वटाको फरक अवस्ता थियो । बाँकी ५ वटाले मात्रै पुँजी पुर्याउन नसक्ने भन्ने त हुन्न होला ? त्यसकारण अब यी कम्पनीहरु थप सहुलियत दिनुपर्ने अवस्था छैन् ।
बै क्षेत्रमा मर्जरको लहर चलेको छ, केहि बीमा कम्पनीले पुँजी नपुर्याएको देखियो, बीमा कम्पनीमा मर्जरको अवस्था आउँछ की आउँदैन् ?
बीमा कम्पनीहरुमा मर्जरको अवस्था आउन सक्छ । त्यो पुँजी पुर्याएका कम्पनीहरु पनि हुन सक्छन् नपुर्याउने कम्पनी पनि हुन सक्छन् । सिनर्जी इफेक्टका लागि पनि मर्जर हुन सक्छन् ।

सात दिनका बीचमा हामी फलानो फलानो कम्पनी मर्जरमा जान्छौं भनेर दुई वटा कम्पनीकै सञ्चालक समितिले निर्णय गरेर हामी कहाँ स्वीकृति दिन आए भने भैहाल्यो नी । एक वर्ष समय त्यसै पाउँछन्, हामीले कारवाही गर्नै परेन् ।

राइट सेयर र बोनस सेयर देखाएर पुँजी पुर्याउँछौं भन्दै आए भने के गर्नु हुन्छ ?
अब पनि राइट सेयर र बोनस सेयर दिएर पुँजी पुर्याउँछौं भनेर मान्ने अवस्था छैन् । बोेनस र राइटबाट पुर्याउनु थियो भने अहिलेसम्म के हेरेर बसेका ? मंगलबार पत्र पठाएका छौं । अर्काे मंगलारसम्म स्पष्ट योजना आएन भने चुप लागेर बस्दैनौं ।

Advertisement

Advertisement

Advertisement