बैंकहरुलाई मर्जरमा जान यस्ता छन् आकर्षक पाँच सहुलियत

Advertisement

काठमाडौं । राष्ट्र बैंकले मर्जरमा जान चाहने बैंक तथा वित्तीय संस्थाहरुलाई प्रोत्साहनको घोषणा गरेको छ । बैंकरहरुले नयाँ मौद्रिक नीतिमार्फत मर्जरमा जाने बैंकहरुले विशेष छुट सुविधा दिने घोषणा आए मर्जरमा जान सकिने बताइरहेको बेला गर्भनर चिरञ्जीवी नेपालद्धारा बुधबार प्रस्तुत मौद्रिक नीतिमा सुविधाहरु घोषणा गरिएको हो ।

जसअनुसार २०७७ असार मसान्तभित्र मर्जरमा गई एकीकृत कारोबार गर्ने बैंकहरुलाई कृषि, उर्जा, पर्यटन जस्ता क्षेत्रको लगानी २५ प्रतिशत पुर्याउनुपर्ने प्रावधान एक बर्ष थप गरी २०७८ असार मसान्तसम्म कायम गर्ने, स्प्रेड दर ४.५ पुर्याउनुपर्ने व्यवस्थालाई लम्ब्याएर थप एक बर्ष लम्ब्याएर २०७८ असार मसान्तसम्म गरिदिने, शाखा विस्तारमा राष्ट्र बैंकको अनुमति लिइरहनु नपर्ने, प्रमुख कार्यकारी अधिकृत तथा सञ्चालकहरुलाई लगाइने कुलिङ पेरियड हटाइने, २५ प्रतिशत ऋणपत्र जारी गर्नुपर्ने नियम थप एक बर्ष लम्ब्याइनेलगायत छन् ।

गर्भनर नेपालले सर्वसाधारणलाई बैंकिङ पहुँच बढाइने बताउँदै सुनलाई निक्षेपको रुपमा बैंकमा राख्न सकिने व्यवस्था गरिएको, नेपालका बैंक वित्तिय संस्थाको विदेशमा शाखा खोल्ने नीतिगत व्यवस्था गरिने, पूर्वाधार विकास बैंकले समेत प्रत्येक साउन मसान्तभित्र आफ्नो कार्ययोजना राष्ट्र बैंकलाई पेश गर्नुपर्ने, इन्टरनेटबाट भुक्तानी सेवालाई प्रोत्साहन गरिने, प्रमुख पर्यटकीय स्थानमा छुट्टै काउन्टर खोली बैंकले विनिमय सेवा दिन सक्ने जस्ता व्यवस्था गरिएको छ ।

Advertisement

Advertisement

Advertisement