अनिल शाह भन्छन्ः फोर्स मर्जरको बन्धनबाट मुक्त भयौं, सबै कुरा जोगियो

Advertisement

काठमाडौं । नविल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल शाहले फोर्स मर्जरको बन्धनबाट मुक्त हुनु पाउनु खुसीको कुरा भएको प्रतिक्रिया दिएका छन् । आगामी आर्थिक वर्षको मौद्रिक नीति सुनिसकेपछि प्रक्रिया दिँदै शाहले भनेः‘फोर्स मर्जरको त्रासले सबैमा तनाब थियो, त्यसबाट मुक्त भईयो, सहुलियत पनि आएपछि सबै जोगियौं भन्ने लागेको छ ।’

मौद्रिक नीति मार्फत फोर्स मर्जरको नीति आउने र नटेर्नेहरुलाई कारवाही गर्ने चेतावनीयुक्त अभिव्यक्ति आएको तर नीतिमा त्यस्तो नआउनु राम्रो कुरा भएको बताए ।‘फोर्स मर्जरको नीति ल्याउने अनि त्यो नटेर्नेलाई यो गर्दिन्छु, त्यो गर्दिन्छु, सिध्याईदिन्छु भन्ने खालका हल्ला आईरहेका थिए, नीतिमा त्यस्तो केहि पनि आएन, बरु प्रोत्साहन आयो, हामी खुसी छौं’, शाहले भने ।

उनले मौद्रिक नीति सकारात्मक चिन्तनसहित आएकाले आफुले राम्रो भएको निष्कर्ष निकालेको पनि बताए । ‘मौद्रिक नीतिबारे यस अघि ठुलै हल्ला थियो, तर जे जे आयो त्यो सबै राम्रै आयो, म त सकारात्मक सोँच भएको मान्छे हँ, त्यसकारण राम्रो आयो भन्ने निष्कर्षमा छु ।’, शाहले भने ।

Advertisement

Advertisement

Advertisement