फेसबुक र युट्युबलाई डलर बुझाउन ढोका खुल्ने

Advertisement

काठमाडौं । मौद्रिक नीतिले फेसबुक र युट्युब लागयतका सञ्जालहरुलाई डलर भुक्तानीको बाटो खोलिदिने भएको छ । राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले सार्वजनिक गरेको आगामी आर्थिक वर्षको मौद्रिक नीतिमा ‘सामाजिक सञ्जाल तथा अनलाइनहरु मार्फत हुने विज्ञापन वापत विदेशी मुद्रामा हुने भुक्तानी तथा प्राप्तिको व्यवस्थापन गर्न आवश्यक नीति तर्जुमा गरि कार्यान्वयन गरिनेछ’, भनि लेखिएको छ ।

हालसम्म फेसबुक तथा युट्युब लगायतका समाजिक सञ्जालहरुमा गरिने विज्ञापनका लागि विदेशी मुद्राको भुक्तानी अवैध मानिन्छ । त्यस्तै, त्यस्ता सञ्जालहरुबाट प्राप्त हुने डलरलाई अवैध मानिँदै आएको छ । सरकारले सूचना प्रबिधि सम्बन्धमा व्यवस्था गर्न बनेको बिधेयक मार्फत समाजिक सञ्जाललाई नेपालमै दर्ता हुनुपर्ने व्यवस्था गर्दैछ । हाल संसदको विकास तथा प्रविधि समितिमा रहेको विधेयक पास भएपछि फेसबुक लगायतका सामाजिक सञ्जाल नेपालमा दर्ता हुनुपर्नेछ । त्यस्तै, ती सञ्जालहरुले विज्ञापन वापत प्राप्त गरेको रकमबाट नेपाल सरकारलाई कर तिर्नुपर्नेछ ।

नेपालबाट फेसबुकले गत वर्ष १२ अर्ब रुपैंयाँ विज्ञापन वापत लगेको सरकारी तथ्यांक छ । सो रकम अवैध रुपमा डलरमा भुक्तानी भएको थियो । नेपालमा फेसबुकका प्रयोगकर्ता ९३ लाख, यूट्यूब प्रयोगकर्ता ६० लाख र ट्वीटर चलाउनेको संख्या ४० लाख रहेको छ ।

Advertisement

Advertisement

Advertisement