बैंकास्योरेन्स बन्द, ऋणीलाई बोझ हटाईयो

Advertisement

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकास्योरेन्स बन्द गरिदिएको छ । आगामी आर्थिक वर्षको मौद्रिक नीति मार्फत बैंकास्योरेन्स बन्द गरिएको हो ।
राष्ट्र बैंकले मौदिक नीतिमा बैंकास्योरेन्सबारे लेखेको छ–‘ बैंक तथा वित्तीय संस्थाले कर्जा प्रवाहका क्रममा ऋणी स्वयंमले छनौट गरेको बीमा कम्पनीबाट मात्र कर्जाको सुरक्षण स्वरूप राखिएको सम्पत्तिको बीमा गराउनु पर्ने र कर्जाको प्रत्यक्ष रूपले सम्बन्धित बीमा पोलिसीबाहेक अन्य कुनै पनि प्रकारको बीमा पोलिसी बिक्री गर्न नपाउने व्यवस्था गरिने छ ।’

अब ऋणीहरुले आफुले चाहेको बीमा कम्पनीबाटै बीमा गराउन पाउनेछन् । हालसम्म बैंकहरुले आफु अनुकुलका बीमा कम्पनीहरुबाट ऋणीको सम्पतिहरुको बीमा गराउँदै आएका थिए । त्यस्तै, अब ऋणसँग प्रत्यक्ष सम्बन्ध रहेका बीमा पोलिसी मात्रै खरिद गर्न पाउने सुबिधा पनि ऋणीहरुले प्राप्त गरेका छन् । हाल बैंकहरुले बीमा कम्पनीसँग सम्झौता गरेर ऋणसँग सम्बन्धित बाहेकका अन्य पोलिसी समेत जबरजस्ती भिडाउने गरेको आरोप लाग्दै आएको थियो ।

Advertisement

Advertisement

Advertisement