मौद्रिक नीतिः उत्पादनमूूलक उद्योगका लागि साधारण पुुनरकर्जा

Advertisement

काठमाडौं । नेपाल राष्ट्र बैंकले औद्योगिक व्यवसाय ऐन, २०७३ मा उल्लेख भएका अति अविकसित र अविकसित क्षेत्रका तोकिएका उत्पादनमूूलक उद्योगका लागि साधारण पुुनरकर्जा उपलव्ध गराउने भएको छ ।

बुधबार जारी भएको चालू आर्थिक वर्षको मौद्रिक नीतिमा उत्पादनमूूलक उद्योगका लागि साधारण पुुनरकर्जाको व्यवस्था गरिएको हो । सहुुलियतपूर्ण कर्जामा प्रदान गरिने ब्याज अनुुदानसम्बन्धी कार्यविधि, २०७५ बमोजिम प्रवाह गरिने कर्जालाई प्रभावकारी बनाइने तथा त्यस्तो कर्जालाई कर्जा÷स्रोत परिचालन अनुुपात गणना गर्दा छुुट दिने व्यवस्थालाई निरन्तरता दिइएको छ ।

बैंक तथा वित्तीय संस्थाले ऋणीबाट सहुुलियतपूूर्ण कर्जाको ब्याज असुुलउपर गर्दा ऋणीले पाउने ब्याज अनुुदान घटाएर मात्र असुुलउपर गर्र्नुुपर्ने व्यवस्थालाई प्रभावकारी बनाइने भएको छ ।

त्यसैगरी, वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीले आफ्नो कूल कर्जा लगानीको न्यूूनतम ५ प्रतिशत विपन्न वर्गमा लगानी गर्नुपर्ने व्यवस्था कायम गरिएको छ भने अन्तर बैंक सापटी रकमलाई कर्जा÷स्रोत परिचालन अनुुपात गणना गर्ने प्रयोजनमा समावेश गर्ने व्यवस्थालाई पुुनरावलोकन हुुने भएको छ ।

सेवा शुुल्क नलाग्ने
पन्ध्र लाखसम्मको कृषि, उद्यम तथा व्यवसाय प्रवद्र्धन कर्जा प्रवाह गर्दा बैंक तथा वित्तीय संस्थाले आधार दरमा २ प्रतिशतसम्ममात्र थप गरी ऋणको ब्याज तोक्न पाउने, कुुनै प्रकारको सेवा शुुल्क लिन नपाउने र समयअगावै कर्जा भुुक्तानी गरेमा अग्रिम भुुक्तानी शुुल्क लिन नपाइने भएको छ । बैंक तथा वित्तीय संस्थाका प्रत्येक शाखाले यस प्रकारको कर्जा निवेदन प्राप्त भएको सात दिनभित्र स्वीकृत गर्नुुपर्ने र स्वीकृत हुुन नसक्ने भएमा सोको प्रष्ट कारणसमेत सम्बन्धित ग्राहकलाई जानकारी दिनुुपर्नेछ ।

बैंक तथा वित्तीय संस्थाले कायम गर्नुपर्ने कर्जा स्रोत अनुपातको अनुगमनलाई प्रभावकारी बनाउँदै तोकिएको अनुपात उल्लङ्घन गर्ने बैंक तथा वित्तीय संस्थालाई कारवाही हुने भएको छ । नेपालका बैंक तथा वित्तीय संस्थाको विदेशमा शाखा खोल्न नीतिगत व्यवस्था हुनेछ भने विदेशी बैंकको नेपालमा प्रतिनिधि÷शाखा कार्यालय स्थापना गर्ने नीतिगत व्यवस्थामा पुनरावलोकन हुने भएको छ ।

Advertisement

Advertisement

Advertisement