नबिल बैंकको नयाँ एटिएम सञ्चालन ललितपुर महानगरपालिकामा

Advertisement

काठमाडौं । नबिल बैंकले ललितपुर महानगरपालिकामा परिसरमा एक एटिएम जडान गरी सेवा प्रारम्भ गरेको छ । नबिल बैंकका अध्यक्ष शम्भुप्रसाद पौड्याल तथा ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले उक्त एटिएमको उद्घाटन आज संंयुक्त रुपमा गरेका हुन् ।

यससँगै बैंकको एटिएम संजाल काठमाडौं उपत्यका भित्र ७० वटा र उपत्यका बाहिर ६८ वटा गरि कुल संख्या १३८ पुगेको छ । भिषा कार्ड, माष्टर कार्ड, युनियन पे कार्ड र एससिटि (स्थानीय तथा अन्तर्राष्ट्रिय) कुनै पनि कार्ड बाहकहरूले उक्त एटिएमहरुबाट नगद झिक्ने तथा अन्य सुविधाहरु उपभोग गर्न सक्नेछन् ।

बैंकका अध्यक्ष शम्भु प्रसाद पौड्यालले आज नयाँ एटिएमको उद्घाटन गर्दै भने–‘ग्राहक सुविधा उपलब्धताको लागि धेरै सेवा केन्द्र बिस्तार गर्ने प्रतिबद्धता अनुरुप १३८औं एटिएम थप गर्दा हामीलाई खुशी लागेको छ । व्यवसायिक र प्रभावकारी बैंकिङ सुविधाहरु प्रदान गर्न र समाजका बृहत एवं छरिएर बसेका समुदायको बैंकिङ आवश्यक्ता घरदैलोमै परिपुर्ति गर्ने तथा सधैं उत्कृष्ट सेवा प्रदान गर्ने प्रतिबद्धता रहनेछ ।’

साथै ललितपुर महानगरपालिकका मेयर चिरीबाबु महर्जनले भने, ‘नबिल बैंकले एस महानगरपालिका परिसरमा जडँन गरेको एटिएमले महानगरपालिकका सेवाग्रही तथा कर्मचारीहरु लाई आफ्नो आर्थिक कारोबार गर्न धेरै सहयोग पुर्याउने छ ’ उनले भने ।

नबिल बैंकले ७९ वटा शाखाहरु, एक सय ३८ वटा एटिएमहरुको विशाल संरचना र एक हजार ५०० भन्दा बढी नबिल रेमिट एजेन्टहरुका साथमा देशव्यापी रुपमा र विश्वभर धेरै एजेन्टहरु मार्फत् सेवा प्रदान गरेर आफ्ना सबै स्टेकहोल्डरहरु संगै अघि बढ्ने विश्वास राखेको छ ।

Advertisement

Advertisement

Advertisement