खाद्यान्न लिएर लिम्चुङबुङं उडेको हेलिकप्टर खराव मौसमका कारण रुपटारमा अवतरण गरियो

Advertisement

उदयपुर । खाद्यान्न लिएर उदयपुरको संकटग्रस्त क्षेत्र लिम्चुङबुङं गाउँपालिका उढेको नेपाली सेनाको हेलीकप्टर खराव मौसमकाकारण ताप्लि गाउँपालिकाको रुपाटारमा अवतरण गरी खाद्यान्न झारेर फर्केको छ । पहिलो पटक लिम्चुङबुङ र दोस्रो पटक ताप्लि गाउँपालिमा खाद्यान्न ढुवानी गर्ने योजना भएपनि लिम्चुङबुङंमा मौसमले साथ नदिएकोले रुपाटारमै अवतरण गरी खाद्यान्न झार्नु परेको हो ।



दुई गाउँपालिका पुग्ने बाटो अविरल वर्षा र पहिरोको कारण अवरुद्ध भएको र तत्काल बाटो खुलाउन सम्भव नभएकोले ती ठाउँमा चरम खाद्यान्न अभाव भएकोले हेलिकप्टरबाट राहत पठाईएको हो ।

पहिलो चरणमा दाल १८० किलो, चामल २ हजार १० किलो, तेल एक सय २० लिटर र नून १ सय ५० किलो नेपाली सेनाको हेलिकप्टरबाट पठाएको हो ।



चार पटक गरेर लगिने सामग्रीमा चामल १९ हजार किलो, दाल ९५ किलो, पाँच सय लिटर तेल र ५ सय किलो नुन पठाएको प्रदेश सरकारका प्रवक्ता आन्तरिम ममिला तथा कानुनमन्त्री हिक्मत कुमार कार्कीले जानकारी बताए ।

प्रदेश १ सरकारको विपद् व्यवस्थापन समितिको बैठकले उदयपुरको लिम्चुङबुङ र ताप्लीमा हेलिकोप्टरबाट खाद्यान्न वितरण गर्ने निर्णय गरेको छ ।

लिम्चुङबुङमा मौसम खुलेको दिन खाद्यान्न पठाईने बताईएको छ ।

Advertisement

Advertisement

Advertisement