उत्तर कोरियाले फेरि तर्शायो संसारलाई

Advertisement

कोरिया । अमेरिकासँग निशस्त्रीकरण सम्बन्धी वार्ता चलिरहेको समयमा उत्तर कोरियाले समुन्द्रमा ‘प्रोजेक्टाइल’ प्रहार गरेको छ । उत्तर कोरियाले आज विहान पूर्वी तटीय बजार वानसनबाट प्रहार गरेको प्रोजेक्टाइलले ४ सय ३० किलोमिटर दूरी तय गरेको दक्षिण कोरियाको सेनाले जनाए ।

प्रहार भएको ‘प्रोजेक्टाइल’ कुन प्रकारको हो भन्ने खुलेको छैन । यसअघि भने उत्तर कोरियाले मिसाइल या अर्टिलरी प्रोजेक्टाइल परीक्षण गर्दै आएको थियो । उत्तर कोरियाले दुई महिना यता गरेको यो पहिलो प्रक्षेपण हो ।

अमेरिकासँग परमाणु वार्ता पुन शुरु गर्ने प्रयास भैरहेको बेला प्रोजेक्टाइल प्रहार भएको हो । वार्ता असफल भएमा कस्तो अवस्था आउनसक्छ भन्ने देखाउन उत्तरले प्रोजेक्टाइल प्रहार गरेको अनुमान गरिएको छ ।

Advertisement

Advertisement

Advertisement