सेयर बजार राताम्मे, मौद्रिक नीतिले आएन सकारात्मक परिवर्तन

Advertisement

काठमाडौं । पछिल्ला दिनमा निरन्तर देखिएको सुधार आज बिहीबार टिकेन । आज सेयर बजार परिसुचक नेप्से १४ दशमलव १५ अंकले घटे एक हजार २६९ कायम भयो भने कारोबार रकममा भने सुधार नै देखिएको छ । आज १७१ कम्पनीका २१ लाख ९८ हजार १ सय २६ कित्ता सेयर किनबेच हुँदा ५५ करोड पाँच लाख रुपियाँको कारोबार भयो ।

सेयरको पुँजीगत लाभ कर विवादमा सरकारी पक्षले समाधानको सकारात्मक संकेत दिएसँगै बजारमा सकारात्मक प्रभाव देखिएको थियो । त्यसमाथि नेपाल राष्ट्र बैंकले बुधबार अपरान्ह जारी गर्न लागेको मौद्रिक नीतिप्रति धेरैको सकारात्मक अपेक्षा पनि थियो । तर, यो सबै कुराबाट सेयर बजारमा सकारात्मक सुधार भने देखिएन ।

अर्थ मन्त्रालयले सेयरको लाभकर गणनाका लागि लचक हुने सन्देश दिएपनि आजको कारोबारमा सबै समूहका सुचकहरु राताम्मे देखिएको छ । बाणिज्य बैंकदेखि होटल समूहको सुचक, लघुवित्त र निर्जीवन बीमा समूहका सुचकहरु ओरालो लागेको छ ।

आज धेरै कारोबार गर्नेमा प्रभु बैंक अगाडि छ । जसको कारोबार ६ करोड १७ लाखको भएको छ भने दोस्रोमा कृषि विकास बैंक छ । जसको कारोबार ४ करोड १८ लाख रुपियाँको भएको छ । आज नाफा धेरै गर्नेमा नेपाल ल्यूब आयल निमिटेडका सेयरधनीले भने सबैभन्दा बढी ८.८१ अंकले नाफा कमाएका छन् भने यूनियन हाइड्रोपावर कम्पनीका सेयरधनीले सबैभन्दा बढी ९.५७ प्रतिशतले घाटा ब्यहोरेका छन् ।

Advertisement

Advertisement

Advertisement