दूरसञ्चार प्राधिकरणको अध्यक्षमा पुरुषोत्तम खनाललाई नियुक्त गर्ने मन्त्रिपरिषदको निर्णय

Advertisement

काठमाडौं । मन्त्रिपरिषद्को बैठकले नेपाल दूरसञ्चार प्राधिकरको अध्यक्षमा पुरुषोत्तम खनाललाई नियुक्ति गर्ने निर्णय गरेको छ । प्राधिकरणका तत्कालिन अध्यक्ष दिगम्बर झाले राजीनामा दिएपछि कार्यबहाक अध्यक्षको रुपमा कार्यरत रहेका खनाललाई अहिले अध्यक्ष बनाइएको हो ।

खनाललाई अध्यक्ष बनाउने क्रममा उनीभन्दा बरिष्ठ र सक्षम आनन्दराज खनाललाई सञ्चार तथा सुचना प्रविधि मन्त्रालय तानिएको थियो । पुरुषोत्तम खनालले चालु आर्थिक बर्षका लागि प्राधिकरणको १६ बर्ष रुपियाँको बजेट तयार गरेका छन् ।

त्यस्तै, बैठकले जल तथा उर्जा आयोगका सचिव मधुसुदन अधिकारीलाई शहरी विकास मन्त्रालय र सोही मन्त्रालयका रमेश्रसाद सिंहलाई आयोगमा सरुवा गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषदका थप निर्णय यस्ता छन्ः

Advertisement

Advertisement

Advertisement