‘प्रधानमन्त्रीले ‘रअ’ प्रमुखलाई भेटेजस्तो लाग्दैन्, भेटे पनि के फरक पर्छ र ?’

Advertisement

काठमाडौं । सरकारका प्रवक्ता एवं सञ्चार तथा सुचना प्रविधिमन्त्री गोकुल बास्कोटाले प्रधानमन्त्री केपी ओलीले भर्खरै नेपाल आएर गएका भारतीय गुप्तचर संस्था ‘रअ’का प्रमुख सामन्त गोयललाई भेटेजस्तो आफूलाई नलागेको बताएका छन् ।

मन्त्रिपरिषदको निर्णय सार्वजनिक गर्ने कार्यक्रममा पत्रकारहरुले सोधको प्रश्नको जवाफ दिँदै उनले सुरुमा गोयल नेपाल आएको आफूलाई जानकारी नै नभएको बताए पनि पछि आएको स्वीकार गरे । बास्कोटाले ‘रअ’ प्रमुख नेपाल आएको भए पनि प्रधानमन्त्रीले भेटेको आफूलाई जानकारी नभएको बताए ।

उनले ‘रअ’लाई प्रधानमन्त्रीले भेट्नै हुन्न भन्ने आफूलाई लाग्दैन भन्दै भने, ‘रअ प्रमुख नेपाल आएको र प्रधानमन्त्रीलाई भेटेको हामीलाई थाहा छैन, यदि आएको हो र भेटेको हो भने यसमा प्रचलित कुटनीतिक प्रचलनकै आधारमा भेटघाटहरु हुनुपर्ने हुन्छ। त्यसैले प्रधानमन्त्रीज्यूले भेट्नुभएको छैन। हल्ला फैलाउने काम नगरौं।’

पछि बास्कोटाले आफ्नो भनाई सच्याउँदै प्रधानमन्त्री केपी ओलीले ‘रअ’ प्रमुखलाई भेटेको जस्तो आफूलाई नलागेको बताएका हुन् । उनले थपे, ‘क कसले भेट्नुभयो हामीलाई थाहा छैन। भेट्नै हुँदैन्थ्यो भन्ने पनि होइन। तर म दाबाका भन्छु, प्रधानमन्त्रीज्यूले भेटघाट भएजस्तो, भेटेजस्तो, भेटेकैजस्तो लाग्दैन।’

गोयललाई अधिकांश नेताहरुले भारतीय दूतावासमै पुगेका भेटेका थिए भने केहीलाई भेट्न गोयल आफै गएका थिए । प्रधानमन्त्रीले गोयललाई भेटेको भनेर भ्रम नफैलाउन आग्रह गर्दै ‘रअ’ प्रमुखलाई भेट्नै हुँदैन भन्ने नरहेको तर प्रोकोटललाई मान्यता दिनुपर्ने बताए ।

रअको प्रमुखलाई भेटेर कोही पनि रअको पक्षधर नहुने बास्कोटाको तर्क छ । उनले यस्तो कुरामा लघुताभासी मान्यता नराख्न सल्लाह दिँदै रअ प्रमुख नेपाल आउनु कुनै नौलो कुरा नभएको बताए । बास्कोटाले नेपालका सुरक्षा निकायका प्रमुख पनि भारत जाने गरेको उदाहरण दिँदै यस्ता कुरामा संशकित हुनुपर्दैन भने । मन्त्री बास्कोटाले ‘रअ’लाई को कोले भेटेको बारे आफूलाई जानकारी नरहेको बताए ।

Advertisement

Advertisement

Advertisement