अन्ततः यातायात व्यवस्था विभागमै फर्किए कुमार दाहाल

Advertisement

काठमाडौं । यातायात व्यवस्था विभागबाट सरुवा गरिएका महानिर्देशक कुमार प्रसाद दाहाल पुनः विभागमै फर्किएका छन् । नयाँ बसपार्कको सार्वजनिक जग्गा अतिक्रमणबारे छानविन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुबिर महासेठले महानिर्देशक दाहाललाई राष्ट्रिय सूचना आयोगमा सरुवा गरिदिएका थिए ।

दाहाललाई सरुवा गरिएपछि मन्त्री महासेठको व्यापक आलोचना भएको थियो । सार्वजनिक यातायातमा सुधार र सार्वजनिक जग्गा अतिक्रमण रोक्न लागिपरेका कर्मचारीलाई सरुवा गरेपछि प्रधानमन्त्री केपीले समेत चासो देखाएको श्रोतले बतायो । चौतर्फी बिरोध भएपछि मन्त्री महासेठले दाहाललाई सरुवा गरिएको पत्र दिएका थिएनन् । महासेठले विभागमा अर्काे महानिर्देशक समेत नियुक्त गरेका थिएनन् ।

आपुर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागको महानिर्देशक हुँदा बजार अनुगमनलाई तिब्रता दिएर वाहवाही कमाएका उनी यातायात व्यवस्थापन विभागमा पनि राम्रो काम गर्ने प्रयास गरिरहेका थिए । विराटनगर महानगरपालिकाको प्रमुख कार्यकारीको जिम्मेवारीबाट तानेर उनलाई यातायात व्यवस्थापनमा सुधारको योजनासहित विभागको नेतृत्व दिईएको थियो ।

Advertisement

Advertisement

Advertisement