एनआईसी एशियाको नयाँ एटीएम सेवा उच्च अदालत पाटनमा

Advertisement

काठमाडौंं । एनआईसी एशिया बैंक र उच्च अदालत पाटन, ललितपुरबीच ललितपुर महानगरपालिका वडा नं ३ हरिहरभवनस्थित उच्च अदालत परिसरमा एटिएम मेसिन संचालनका लागि स्थान उपलब्ध गराउने सम्झौता भएको छ ।

उच्च अदालत परिसरमा एटिएम संचालनमा आएसँगै अदालतमा आउने सेवाग्राहीलाई आवश्यक पर्ने रकम व्यवस्थापनका लागि सहज हुने विश्वास बैंकले लिएको छ । बैंकले देशभर २९२ शाखा कार्यालयहरु, ३१५ एटिएम, ५२ वटा एक्स्टेन्सन काउण्टर एवं ४१ वटा शाखारहित बैंकिङमार्फत् बैंकिङ सेवा प्रदान गर्दै आएको जनाएको छ ।

Advertisement

Advertisement

Advertisement