सिटिजन्स बैंकमा ४ सहायक सीईओ नियुक्त, कार्यभार कात्तिकदेखि लागू हुने

Advertisement

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडमा हालका प्रमुख कर्जा अधिकृत सुमित बाबु खत्री, प्रमुख संचालन अधिकृत पारस कुमार काफ्ले, प्रमुख जोखिम अधिकृत राजेन्द्र लाल श्रेष्ठ र प्रमुख प्रशासकीय अधिकृत उमंग शर्मालाई सहायक प्रमुख कार्यकारी अधिकृतमा नियुक्त भएका छन् । बैंकले आगामी कात्तिक १ गतेदेखि लागू हुने गरी चारै जनालाई सहायक सीईओमा नियुक्त गरेको हो ।

करिव १९ वर्षको बैंकिङ अनुभव भएका सुमित बाबु खत्रीले १५ वर्ष कर्जा विभागको विभिन्न ओहदामा रही कार्यसम्पादन गरि गरेका व्यक्ति हुन् । सहायक सीईओमा नियुक्त भएका पारस कुमार काफ्ले १९ वर्षको बैंकिङ अनुभव भएका व्यक्ति हुन् । राजेन्द्र लाल श्रेष्ठ करिब १९ वर्ष देखि बैंकिंग क्षेत्रमा कार्यकुशलता प्रदर्शन गर्दै आएका व्यक्ति हुन् ।

त्यसैगरी, सहायक सीईओमा नियुक्त भएकी उमंग शर्मा करिव १८ वर्ष देखि वाणिज्य बैंकमा सेवा प्रवाह गर्दै आएकी व्यक्ति हुन् । बैंकको स्थापनाकाल देखिनै आबद्ध चारै जनाले विभिन्न पदमा रही नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएका छन् ।

Advertisement

Advertisement

Advertisement