युवतीको पेटमा डेढ किलो गहना र सिक्का

Advertisement

भारत । भारतको पश्चिम बंगाल राज्यस्थित बीरभूम जिल्लाको एक सरकारी अस्पतालमा मानसिक बिमारी एक युवतीको पेटबाट एक किलो ५०० ग्राम भन्दा धेरै गहना र सिक्का निकालिएको छ ।

रामपुरहाट सरकारी मेडिकल कलेजका सर्जरी विभाग प्रमुख सिद्धार्थ बिस्वासका अनुसार २६ वर्षीया महिलाको पेटमा ५ रुपियाँ र १० रुपियाँ ९० वटा सिक्का, सिक्री, नाकको बुलाकी, फुली, झुम्का, चुरा, पाउजु, र घडी भेटिएको हो । डाक्टरका अनुसार यवतीको पेटबाट ६९ वटा सिक्री, ८० वटा कानका मुन्द्री र ९० वटा सिक्क पेटबाट निकालेका हुन्। बिस्वासले बुधवार सर्जरीपछि भने, गहना धेरै जसो तामा र पित्तलका थिए। यिनमा केही सुनका पनि गहना भेटिए। युवतीकी आमाले घरबाट गहना गायब भइरहँदा आफूले छोरीलाई सोधेको बताइन् । तर आफूले गहना हराएकोबारेमा सोध्दा छोरीले रुँदै टार्ने गरेको उल्लेख गरिन्।

आमाका अनुसार छोरी मानसिकरुपमा विरामी थिए। मेरी छोरी मानसिक रूपमा अस्वस्थ छिन्। पछिल्ला केही दिनदेखि उनले हरेक पटक खाना खाँदा बान्ता गरिरहेकी थिइन्। ती महिलाका अनुसार भाइको दोकानबाट ल्याएका सबै सिक्का छोरीले निलेकी रहिछन्। आमा र परिवारले निगरानीमा राख्दा राख्दै पनि छोरीले ती सबै गहना र सिक्का निलेकी थिइन्। उनी दुई महिनासम्म बिरामी परेकी थिइन्। हामीले छोरीलाई उपचारका लागि कयौँ निजी अस्पतालमा लग्यौँ, ती महिलाले भनिन्, तर उनको स्वास्थ्यमा कुनै सुधार भएन। त्यसपछि ती महिलाले छोरीलाई सरकारी अस्पतालमा लगेकी थिइन्। जहाँ डाक्टरहरुले उनको एकसातासम्म जाँच गरेपछि अप्रेशन गरेर डेढ केजी सिक्का र गहना निकालेका हुन्।

Advertisement

Advertisement

Advertisement