राष्ट्र बैंकका ८ कार्यकारी निर्देशकको जिम्मेवारीमा व्यापक हेरफेर,   को कहाँ पुगे ?

Advertisement

काठमाडौ । नेपाल राष्ट्र बैंकका ८ कार्यकारी निर्देशकहरुको जिम्मेवारी हेरफेर भएको छ । राष्ट्र बैंकले आइतबारदेखि लागु हुने गरी कार्यकारी निर्देशकको सरुवा गरेको हो । राष्ट्र बैैंकका प्रवक्ता लक्ष्मी प्रपन्न निरौलाका अनुसार सुपरिवेक्षणको जिम्मेवारी मुकुन्द क्षेत्रीले पाएका छन् । यस अघि सुपरिवेक्षण विभागमा रहेका महेश्वरलाल श्रेष्ठ संस्थागत सेवा विभागमा तानिएका छन् ।

बैंक तथा वित्तीय संस्था नियमन विभागको जिम्मेवारी देवकुमार ढकालले पाएका छन् । यस अघि ढकाल भुक्तानी विभागमा कार्यकारी निर्देशक थिए । बैंक तथा वित्तीय संस्था नियमन विभागमा प्रमुख रहेका बमबहादुर मिश्र भुक्तानी विभागमा पुगेका छन् ।

आन्तरिक लेखा परिक्षण विभागमा रहेकी निलम तिमल्सििनालाई राष्ट्र ऋण व्यवस्थापनमा खटाईएको छ । राष्ट्र ऋण व्यवस्थापन विभागमा रहेका सुमन अधिकारीलाई सामान्य सेवा विभागमा लगिएको छ । संस्थागत विभागमा रहेका प्रदिपराज पाण्डे वित्त कम्पनी व्यवस्थापन विभागमा पुगेका छन् ।

विकास बैंक सुपरिवेक्षण विभागको नेतृत्वमा ऋषिकेश भट्ट आईपुगेका छन भने भुवन कँडेललाई आन्तरिक लेखा परिक्षण विभागमा सरुवा भएका छन् ।

Advertisement

Advertisement

Advertisement