देश उँभो लाग्छ भन्ने विश्वास कसैमा पनि देखिएन

bhim-upadhyay

काठमाडौं । पाल सधै कामचलाउमा रूमल्लिरहेको छ ।  ‘अड्को पड्को तेलको धूप’ त हुन्छ तर नेपाल भन्ने देश त जहिले पनि तेल कै धूप बालेरै जुग कटाउने ? सधैं कामचलाउ मै रूमल्लिरहने ?  यहॉ कुनै भीजन, दीर्घकालिन नीति, सोँच, विकास, संस्कार, संस्कृति, संस्था, संगठन निर्माण तिर मतलब छैन । सेवा विशिष्ठ्ताका आधारमा मन्त्रालय वा विभाग र तदनुरूप पेशागत जनशक्ति र संगठन संरचना हुनुपर्छ। तर यहॉ त कल्चर र हर्टिकल्चर उही भन्ठान्नेहरू पदमा छन् ।

यस्तो मुलुकले कहिले पनि प्राविधिक दक्षता र एक्सिलेन्स प्राप्प गर्न र स्थापित गर्न सक्दैन । ईतिहास कालभरी प्रविधि र पेशाक्षेत्रमा परनिर्भर हुदै कमजोर बन्दै निरीह रहन अभिषप्त रहन्छ । यस्ता मुलुकमा पेशागत दक्ष र सक्षम जनशक्तिका निम्ति कुनै आकर्षण हुदैन । जुन मुलुक सक्षम दक्ष जनशक्तिका निम्ति आकर्षण रहन्न, त्यो तन्नम मुलुक बन्छ ।

बाहिरबाट जे जस्तो सकारात्मक दृढताको कुरा गरे पनि मैले भेटेका अधिकॉश मैं हु भन्ने ठुल्ठुला नेता र ठुल्ठूला कर्मचारी र व्यापारी उद्योगी विद्वान साहित्यकार कलाकार खेलाडीहरूमा देश उँभो लाग्छ भन्ने सोँच र आत्मादेखि नै विश्वास प्रकट भएको देखिन । व्यक्तिगत रूपमा ती सबै निरीह तासको एक पत्ति सरह भएको मैले पाएको छु । पदमा नहुनेले पदमा छैन के गर्न सकिएला र ? र पदमा भएकाले नेपालमा काम गर्न सहज छैन, कानुन र संस्थागत माकुराको जालो र भ्रष्टता तोड्न मुस्किल छ भनेर मसंग मनको वह निरिह बन्दै पोखेको मात्र मैले महसुस गरेको छु ।

बरू म नै दुस्साहसी रहेछु जे संभव छैन, त्यसलाई संभव पारी छाड्न कनिरहदो रहेछु र पछारिन पुग्दो रहेछु भन्ने जस्तो पो लाग्छ कहिले कॉही। तेत्रो त्याग बलिदान गरेका भनिएका तिनको अहिलेको हविगत देख्दा बरू तिनीहरूप्रति मलाई टिठ पो लाग्ने गरेको छ । कि ती खान नपाएकाले काम गर्दैनन्, कि ती गर्न नसकेकाले गरिरहेका छैनन् ।

मुलुक बनाउन जुक्ति चाहिन्छ, मति चाहिन्छ, सीप चाहिन्छ लगन चाहिन्छ, वलिदानयुक्त समर्पण चाहिन्छ र मुलुक कसैले बनाईरहेको हैन आफूलाई नै बनाएको हो भनेर काम गर्ने हो । दुनियॉको सहयोग सद्भाव योगदान बटुल्न सक्ने योग्यता क्षमता सीप ज्ञान र शिक्षा चाहिन्छ । तोरिलाउरे तर्क र स्वार्थले यस्ता कामलाई निरूत्साहित मात्र पार्छ र नेपालमा त्यही हुँदै आएको छ । वर्षेनि राज्यले दिने हजारौं तक्माको हरिविजोग देखेरै सहज बुझिन्छ नेपालले कस्ताको राजकीय सम्मान गर्न जान्दो रहेछ । (उपाध्याय पूर्व सचिव हुन् ।)