नेपालसँग कुवेत ७ विकेटले पराजित, नेपाल टीट्वेन्टी विश्वकपको ग्लोबल क्वालिफायर नजिक

Advertisement

काठमाडौं । आईसीसी टी–ट्वेन्टी विश्वकप छनोट एसिया अन्तर्गतको खेलमा नेपालले कुवेतलाई हराउँदै सानदार जित हासिल गरेको छ । सिंगापुरमा शनिबार बिहान भएको खेलमा नेपालले कुवेतलाई ७ विकेटले हराउन सफल भएको हो ।

यो जितसँगै नेपाल टीट्वेन्टी विश्वकपको ग्लोबल क्वालिफायर नजिक पुगेको छ । नेपाल अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । अब नेपाललाई टीट्वेन्टी विश्वकपको ग्लोबल क्वालिफायरमा छनोट हुन आइतबार हुने अर्को खेलमा सिंगापुरमाथि जित हासिल गर्नुपर्ने हुन्छ । यसअघि पहिलो खेलमा कतारसँग ४ किवेटले पराजित भएको नेपालले दोस्रो खेलमा मलेसियालाई ७ विकेट हराएको थियो ।

आजको खेलमा कुवेतले दिएको १४२ रनको लक्ष्य नेपालले १५.५ ओभरमा ३ विकेट गुमाएर पूरा गरेको थियो । नेपालले टस जितेर बलिङ रोजेपछि पहिले ब्याटिङ गरेको कुवेतले २० ओभरमा ९ विकेट गुमाएर १४१ रन बनाएको थियो ।

नेपालको जितका लागि कप्तान पारस खड्काले उत्कृष्ट इनिङ खेल्दै १ छक्का र ११ चौकासहित ४२ बलमा ६८ रन बनाएका थिए भने शरद भेषवाकरले ३८ रन, ज्ञानेन्द्र मल्लले १९ रन, रोहितकुमार पौडेलले ६ रन, दीपेन्द्रसिंह ऐरीले १ रनको योगदान दिए ।

यता कुवेतका लागि मोहमद काषिफ एक्लैले नेपालको ३ विकेट झार्न सफल भए । उनले सर्वाधिक ४९ रन पनि बनाए । नेपालका लागि सन्दीप लामिछाने र वसन्त रेग्मीले ३–३ विकेट लिए भने करण केसीले २, अभिनाश बोहरा र सोमपाल कामीले १–१ विकेट लिए ।

Advertisement

Advertisement

Advertisement