ग्लोबल रिचको ‘अष्ट्रेलियन एजुकेशन फेयर’मा नौसय भन्दा बढि विद्यार्थी सहभागी

Advertisement

काठमाडौं । ग्लोबल रिच नेपालको शनिबार सम्पन्न शैक्षिक मेला ‘अष्ट्रेलियन एजुकेशन फेयर’मा नौसयभन्दा बढि विद्यार्थी सहभागी भएका छन् । बिहान १० बजेबाट अपरान्ह ५ बजेसम्म सञ्चालित मेलामा अपेक्षाभन्दा राम्रो संख्यामा विद्यार्थीहरु सहभागी भएको ग्लोबल रिच नेपालका प्रमुख नारायण बजाजले बताए ।

मेलामा अष्ट्रेलियाका ३५ वटा विश्वविद्यालय एवं कलेजहरु सहभागी थिए । अष्ट्रेलियाका यति धेरै शैक्षिक संख्याहरु सहभागी गराई मेला गर्ने ग्लोबल रिच एक मात्रै संस्था हो । सन् २०१२ देखि नै यसरी मेला गर्दै आएको यस संस्थाले आइतबार पोखरामा, सोमबार चितवनमा र मंगलबार बुटवलमा पनि मेला गर्दैछ ।

पोखराको न्यूरोडस्थित सिटी स्क्वायर ब्याङ्क्वेट एण्ड रेष्टुरेन्टमा, चितवनको भरतपुर गार्डेन रिसोर्टमा र बुटवलस्थित ग्लोबल रिचको कार्यालय (राजमार्ग चौराहा, प्रधान हाइट, पहिलो तल्ला)मा मेला आयोजना हुनेछ ।

मेलामा विश्वविद्यालयका प्रतिनिधिहरुसँग प्रत्यक्ष भेटघाट गरी आफूले पढ्न चाहेको विषय, भर्ना प्रक्रिया, छात्रवृत्ति जस्ता कुराहरुमा परामर्श लिएको भन्दै बजाजले विद्यार्थीहरुले एजेन्टहरुसँग नभई सोझै विश्वविद्यालयका प्रतिनिधिहरुसँग कुरा गर्न र कुरा बुझ्नसक्ने भएकाले पनि यो मेलाको विशेष महत्व रहेको बताए ।

साथै, पढ्न जाने विद्यार्थीहरुका लागि शैक्षिक कर्जा लिने प्रक्रियाको जानकारीका लागि एनएमबि बैंक, नबिल बैंक, एसबिआई बैंक, सिद्धार्थ बैंक र माछापुछ्रे बैंकका स्टलहरु रहेका थिए । बजाजले जो विद्यार्थीहरु तयारीका साथ डकुमेन्ट लिएका थिए, उनीहरुले अन द स्पट एप्लिकेशनसमेत गर्न पाएकाले पनि आजको मेलाबाट विद्यार्थीले लाभ लिएको बताए ।

Advertisement

Advertisement

Advertisement