पर्यटकीय शहर पोखरा प्रवेशको मुख्यद्वार विजयपुर खोलामाथि ‘बेलिब्रिज’

Advertisement

कास्की । पर्यटकीय शहर पोखरा प्रवेशको मुख्यद्वार विजयपुर खोलामाथि बेलिब्रिज (पुल) सञ्चालनमा ल्याइएको छ । विजयपुर खोलामाथि एक दशकअघि निर्माण गरिएको पक्की मोटरेवल पुलको स्टिल बिम चर्किदा ठूला भार क्षमताका यातायातका साधन पुलबाट आवतजावत रोक लगाइएकामा आज साँझबाट बेलिब्रिज सञ्चालनमा ल्याएर यातायात वारपार शुरु गरिएको डिभिजन सडक कार्यालय पोखराका प्रमुख हरिप्रसाद पोखरेलले जानकारी दिए ।

गत फागुनमा पक्की पुल जीर्ण भएको पाइएपछि १० टनभन्दा माथिका गाडीलाई खोलामाथि डाइभर्सन निर्माण गरेर वारपार गरिएकामा पटक–पटकको बाढीले अस्थायी डाइभर्सनमा क्षति पु¥याउँदा मालबाहक सवारी ठप्प बनेको थियो ।

पछिल्लोपटक यही साउन ६ गते बाढीले डाइभर्सनमा क्षति गर्दा ठूला साधन गगनगौँडामै अलपत्र परेका थिए । कतिपय साधन वैकल्पिक बाटोबाट तथा कतिपयले स्याङ्जा हुँदै पोखरा प्रवेश गरेर पर्वत, बागलुङ, म्याग्दीलगायतको गन्तव्यमा पुगेका थिए । बेलिब्रिज सञ्चालनसँगै लामो समयदेखि बीचबाटोमा अलपत्र परेका मालबाहक साधन आ–आफ्नो गन्तव्यतिर लागेका छन् ।

पटक–पटक बाढीले डाइभर्सन बगाएपछि त्यसको मर्मतलाई छाडेर बेलिब्रिज निर्माणलाई तीव्रता दिइएको थियो । कार्यालयका अनुसार दुई लेनको सो बेलिब्रिज पुल ५० मिटर लामोे र भारबहन क्षमता १०० टन रहेकोछ । बेलिब्रिज निर्माणका लागि सडक कार्यालयले रु दुई करोड २० लाख लागतमा सगरमाथा÷जेजे ज्वाइन्ट भेन्चर कम्पनीसँग सम्झौता गरेको थियो । बेलिब्रिज अस्थायी पुल भए पनि यसलाई १० वर्ष प्रयोगमा ल्याउन मिल्ने बताइन्छ ।

Advertisement

Advertisement

Advertisement